शनिबार, वैशाख २९, २०८१

जिम्बावे–नेपाल सिरिज : जहाँ खेलाडीले शान्त भएर खेल्न सिके

यो सिरिजका लागि नेपाली टिमले केही लक्ष्य राखेको थियो। मुख्य प्रशिक्षक पुबुदु दशानायकेका अनुसार नेपालले यो प्रतियोगितामा ब्याटिङ गर्डर, बलिङ कम्बिनेसन हेर्नुका साथै केही नयाँ खेलाडीको पनि टेस्ट र फिल्डिङ हेर्नु थियो।
 |  बुधबार, वैशाख २८, २०७९

विनय सापकोटा

विनय सापकोटा

बुधबार, वैशाख २८, २०७९

काठमाडौं– जिम्बावेसँगको एकदिवसीय शृंखला सुरु हुनुअघि नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले जितको अपेक्षा गरेका थिएनन्। उनले टी–२० सिरिजको दौरान नै भनेका थिए, ‘हामीले यो सिरिज जित्दैनौ।’ तर नेपालले सोमबार सम्पन्न एकदिवसीय शृंखलामा २–१ को जित निकाल्यो। पछिल्लो समय नेपाली राष्ट्रिय क्रिकेट टिम आरोहअवरोहबाट गुज्रिरहेको छ। त्यसैबीच नेपालले टेस्ट टिम जिम्बावे एविरुद्ध जित निकालेको हो।

triton college

‘मैले जिम्बावेविरुद्ध यति राम्रो प्रदर्शनको कल्पना गरेको थिइनँ,’ नेपालका मुख्य प्रशिक्षक पुबुदु दाशानायकेले पनि जितपछि भनेका छन्, ‘अन्तिम दुई खेललाई कसरी राम्रो बनाउन सकिएला भन्ने कुराले डर लागेको थियो।’ तर नेपालले सम्हालिएर खेल्न सक्यो। खासमा पुबुदुलाई डर लागेको ब्याटिङमा थियो। उनले अन्तिमा खेलअघिको मिटिङमा सोही कुरा बताएका थिए। अन्ततः नेपालले अन्तिम खेलमा गल्ती गरेन र जित निकाल्यो।

यता सन्दीपले शृंखलाअघि के पनि भनेका थिए भने ‘यी दुई सिरिजपछि नेपाली टिम अर्को स्तरमा पुग्नेछ।’ सोमबार सिरिज जितेपछि उनले नेपाली टिमको परिवर्तनबारे कुरा गरेका छन्। ‘धेरै खेलाडीले खेल्ने मौका पाए। नयाँ खेलाडीको पोटेन्सियलअनुसार टेस्ट पनि भयो। टी–२० र एकदिवसीयपछिको अनुभव राम्रो छ। हामीले सिरिजमा धेरै टेस्ट गर्याै। हामीले जिम्बावेविरुद्ध सुखद् जित निकाल्यौ। यो विल्कुल नयाँ अनुभव हो,’ सन्दीपले भने।

यो सिरिजका लागि नेपाली टिमले केही लक्ष्य राखेको थियो। ती लक्ष्यहरु विभिन्न क्षेत्रमा थिए। पुबुदुका अनुसार नेपालले यो प्रतियोगितामा ब्याटिङ अर्डर, बलिङ कम्बिनेसन हेर्नुका साथै केही नयाँ खेलाडीको पनि टेस्ट र फिल्डिङ  हेर्नु थियो। ‘मलाई लाग्छ पीएनजी, मलेसिया र जिम्बावेको सिरिजबाट हामीले केही ठाउँमा राख्ने मिल्ने खेलाडी पाएका छौं। र, हामीले राष्ट्रिय टिमलाई सेपमा ल्याउँदै छौं,’ उनले भने।

अमेरिका सिरिजको अन्तिम तयारी

corrent noodles
Metro Mart

नेपालले आउँदो जुनमा अमेरिकामा लिग २ को चोथो सिरिज खेल्दैछ। यसअघि नै नेपालले अमेरिका र ओमनसँग दुईवटा सिरिज खेलिसकेको छ भने पीएनजी र यूएईसँग पनि एक सिरिज खेलिसकेको छ। यी सिरिजका दौरान नेपाली टिममा धेरै फेरबदल भए। त्यही फेरबदललाई नतिजा उन्मुख बनाउनका लागि नेपाल क्रिकेट संघ (क्यान) ले सिरिजको आयोजना गरिरहेको छ।

यसअघि कीर्तिपुर मैदानमै भएको पीएनजीसँगको एकदिवसीय सिरिजमा नेपालले हार बेहोरेको थियो। ‘खेलाडीहरुले जिम्मेवारी लिएर खेल्न सकिरहेका छैनन्। अब उनीहरुलाई जिम्मेवार खेलाडी बनाउनुपर्ने छ,’ त्यो सिरिजका दौरान मुख्य प्रशिक्षक पुबुदु दाशानायकले भनेका थिए।

पीएनजीसँग दुई एकदिवसीय, मलेसिया र पीएनजीसँगको टी २० सिरिजका साथै टेस्ट टिम जिम्बावेसँगको दुई सिरिजपछि नेपाली टिममा कस्तो परिवर्तन भयो? जवाफमा पुबुदु भन्छन्, ‘जिम्मेवारीको मतलव आफ्नो रोलमा राम्रो प्रदर्शन गर्न सक्नु हो। त्यतिबेला भन्दा अहिले विभिन्न तरिकाले टिममा फेरबदल भइरहेको छ। फरक ब्याटिङ प्लेसहरुमा हाम्रा ब्याटरले सही तरिकाले ब्याट गर्न सिक्नुपर्ने हुन्छ। विशेषतः आरिफलाई हामीले तीन र छ नम्बरमा ट्राइ गरेका छौं। तर अहिले नेपाली टिममा धेरै नयाँ खेलाडी आएका छन्। जो आएका छन् उसले राम्रो गरेका छन्।’

उनले थपे, ‘मलाई लाग्छ यी खेलका दौरान मैले आठदेखि १० जना फरक ब्याटरलाई अभ्यास दिइसकेको छु। जसबाट हामी सात वा आठ ब्याटरलाई चुज गर्न सक्नेछौं। यो सिरिजबाट म त्यो चाहिँ स्योर भन्न सक्छु।’ सबै कुरालाई समग्रमा हेर्ने हो भने अमेरिका भ्रमणअघि नेपाली टिमले आफ्ना साना गल्तीमा इँटा भर्ने कोसिस गरेको छ। त्यसो भन्दैमा अब नेपाली टिमले सबै कमजोरी सुधार गरेको भन्ने पनि होइन। अझै केहि कुरामा प्रयास गर्नुपर्ने प्रशिक्षकले बुझिसकेका छन्। यद्यपि नेपाल अहिले अमेरिका सिरिजका लागि भने तयार भएर बसेको छ। पुबुदु भन्छन्, ‘अर्को दुई हप्ताका लागि गर्न बाँकी केहि कुराहरु भने बाँकी रहेका छन्। साना कुराहरुको लागि योजना बनाएको छु। अझै धेरै कमजोरी सुधार गर्नुपर्ने भएको छ।’

‘टेस्ट टिम’सँग खेल्नुमा कति फाइदा?

नेपालले अहिले पहिलो पटक टेस्ट टिमविरुद्ध खेलेको हो। यता जिम्बावे पनि पहिलो पटक नेपाल भ्रमणमा आइपुगेको थियो। त्यसैले नेपालले टेस्ट टिमविरुद्ध खेलेर नयाँ अनुभव बटुलेको प्रशिक्षक र कप्तानको मत छ। जिम्बावेजस्तो राम्रो टिमसँग खेल्दा गल्ती गर्न नहुने प्रशक्षक पुबुदुले बताइसकेका छन्। टी २० को अन्तिम खेलमा जित निकालेपछि प्रशिक्षक पुबुदुले भनेका थिए, ‘जिम्बावेसँग खेल्दा गल्ती गर्नै मिल्दैन। एउटा मात्रै गल्ति गर्यौँ भने नतिजा उनीहरुको पक्षमा जाने सम्भावना रहन्छ। र, आजको खेल हाम्रो तर्फबाट सबैभन्दा राम्रो उदाहरण हो। आज हामीले एकदमै कम गल्ति गर्यौं र जिम्बावे ए लाई सुरुवातदेखि नै दबाबमा राख्यौँ। मलाई लाग्छ हाम्रो खेलाडीहरुले यो खेलबाट आगामL दिनहरुमा हामीले खेल्ने महत्वपूर्ण खेलका लागि पाठ हुन्छ।’

एक दिवसीय सिरिज सकिएपछि पनि उनले उपलब्धिसँगै सोही कुरालाई निरन्तरता दिएका छन्। ‘यो प्रतियोगिताले हामीले आईसीसीको पूरा सदस्य देशसँग खेलर खेलाडी टेस्ट गरेको हो। अनि जिम्बावे हाइ नोटमा खेल्ने टिम हो। त्यसैले अन्तिम खेलमा मलाई डर लागेको थियो। यद्यपि ब्याटिङ चाहिँ सहि रुपमा फिनिस गर्नुपर्छ भन्ने विषयमा बिहान नै छलफल गरेका थियौँ,’ सोमबारको खेलपछि पुबुदुले भनेका थिए। त्यसो भए के पुबुदु ब्याटिङको सन्दर्भमा चिन्तित छन्? जवाफमा भन्छन्, ‘त्यस्तो अलिक होइन। बरु अन्तिम खेलमा हाम्रो ब्याटिङ अर्डर जसरी अघि बढ्यो त्यसले खुसी बनाएको छ।’

अघिल्लो महिना त्रिवि मैदानमै भएको एकदिवसीय र टी–२० सिरिजमा नेपाली खेलाडीबाट तीन सतक प्रहार भएका थिए। ह्याट्रिक विकेट लिइयो त्यो सिरिजमा। नेपाली खेलाडीका ब्याटले ठूला साझेदारी गरे अनि धेरै कीर्तिमान बने, तोडिए। पीएनजी र मेलेसियाविरुद्धको सिरिज नेपाली युवा टिमको पहिलो परीक्षण थियो। त्यही परीक्षणको निरन्तरता थियो जिम्बावेसँगको सिरिज। तर, पछिल्लो सिरिजको जस्तो नेपालले सोमबार सकिएको प्रतियोगितामा प्रदर्शन गर्न सकेन।

किनभने पीएजनी र जिम्बावेको तुलनामा पीएनजीको टिम उच्च लेभलको थियो। नेपालले यो सिरिजबाट के सिक्यो त ? ‘कसरी हामीले शान्त भएर क्रिकेट खेल्ने, कसरी धैर्य राखेर योजनाबद्ध रुपमा खेल्ने भनेर सिक्यौँ। उनीहरु सधै क्रिकेट खेलिरहेका खेलाडी हुन्। त्यसले गर्दा एक दुई विकेट खसेको अवस्थामा पनि नआत्तिकन खेल्न सिकेको हो,’ सन्दीपले भने।

नेपालले अन्तिम खेलमा धैर्यपूर्वक प्रदर्शन गरेपछि जित निकालेको थियो। सोमबारको अन्तिम खेलमा नेपालले छ विकेटको जित निकालेसँगै जिम्बावेविरुद्ध २–१ ले सिरिज जित्यो। अन्तिम खेलमा २१४ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ३३ ओभर अघि नै चार विकेट गुमाउँदै लक्ष्य पूरा गरेपछि सिरिज जितेको हो।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय मैदानमा जिम्बावेले ३२ ओभर एक बलमा सम्पूर्ण विकेट गुमाएर २३१ रन बनाएपछि नेपालले २१४ रनको लक्ष्य पाएको थियो। जवाफमा नेपालले १७ बल बाँकी रहँदै लक्ष्य पूरा गर्यो। नेपालले यसअघिको दोस्रो खेलमा ९ विकेटको जित निकालेको थियो भने पहिलो खेलमा तीन विकेटकाे हार बेहोरेको थियो। अनि अन्तिम खेलमा जित निकालेसँगै नेपालले सिरिज जितेको हो।

आसिफले जिम्बावेसँगको एक खेलमा उत्कृष्ट प्रदर्शन गरे। त्यसअघि र पछि उनी खासै चल्न सकेनन्। पीएनजी र मलेसियासँगको सिरिजमा चम्किएका रोहित पौडेल र दिपेन्द्र सिंह ऐरी जिम्बावेसँग त्यसरी चम्किन सकेनन्। ‘दिपेन्द्र र रोहितले ब्याटिङमा लिडरसिप लिइरहेका छन्। रोहित युवा छनु भने दिपेन्द्र हाम्रो बेस्ट ब्याटर नै हुन्। रोहितले धेरै कन्फिडेन्स देखाएका छन्। तर उनीहरुले लामो समयदेखि प्रदर्शन गर्न सकिरहेका थिएनन्। भर्खरै मात्र उनीहरु टिममा छाइरहेका छन्। त्यसैले स्वत: उनीहरु समूहमा लिडर भएका छन्। यो लिड गर्न उनीहरु क्यापेबल पनि छन्,’ प्रशिक्षक पुबुदुले उनीहरुबारे भने।

यदि टप थ्रीले राम्रो नगरेको अवस्थामा दिपेन्द्र र रोहितलेले राम्रो गरिरहेको पुबुदु बताउँछन्। ‘कुशल र आशिफले सहज सुरुआत गरे भने उनीहरुले खेललाई अन्तिमसम्म लिएर जान सक्छन्,’ उनले भने। यो सिरिजमा दिपेन्द्रले तीन खेलमा मात्र अवसर पाए। त्यसमा उनले पाँच खेलका दौरान १०६ रन बनाए। एक खेलबाहेक सम्झनलायक प्रदर्शन गर्नचाहिँ सकेनन्। दिपेन्द्रले अन्तिम खेलमा ६० रन बनाएपछि मात्र सिरिजमा उनले आफ्नो उपस्थिति सावित गर्न सकेका थिए।  यता रोहित चाहिँ यी दुई सिरिजका दौरान दुई खेल खेले तर उनको ती खेलमा प्रदर्शन विर्सनलायक रह्यो।

कुशल भुर्तेलले पनि लामो समयपछि अर्धशतक प्रहार गरे। त्यसो त उनी जिम्बावेसँगको पहिलो खेलमा ४६ रनमा आउट भएका थिए। नेपालले जिम्बावेसँग पाँच खेल खेल्यो। ती सबै खेलमा अवसर पाएका आसिफ शेखले १२९ रन बनाए। त्यस्तै ओपनर कुशल भुर्तेलले १८३ रन बनाए। नेपाली टिमबाट सबैभन्दा धेरै रन बनाउने उनी नै रहे। कुशलले एक दिवसीयमा १०३ रन बनाउँदा आसिफले ६८ रन बनाए।

यता, यो सिरिजबाट किशोर र महतो बसिर अहमदले राष्ट्रिय टिमबाट अन्तराष्ट्रिय खेले। किशोरले त जिम्बावेसँगको अन्तिम खेलमा मात्र डेब्यु गरेका थिए। त्यो खेलमा किशोरले पाँच विकेट गिराए। 

‘दुवै युवा खेलाडी ट्यालेन्टेड छन्। उनीहरुले अवसर पाए। उनीहरु यो लेभलको टिमसँग खेल्नका लागि क्षमतावान छन्। उनीहरुले आज फास्ट बलिङमा फरक स्वाद दिएका छन्। उनी अग्ला छन्। उनले करण र सोमपाल भन्दा फरक तरिकाले बलिङ गरेका छन्। त्यसकारण यी तीनै खेलाडीले आज राम्रो प्रदर्शन गरेका छन्,’ पुबुदुले उनीहरुबारे भने, ‘फिल्डिङमा पनि राम्रो भएको छ। अहिले नयाँ खेलाडी पनि सिस्टममा आएका छन्।’

पुबुदुले नयाँ खेलाडी कुनै पनि अन्तर्राष्ट्रिय खेलको लागि तयार रहेको जनाउ दिएका छन्। व्यक्तिगत रुपमा उनले आदिलले कमै समय पाए पनि खेलमा राम्रो चरित्र देखाइरहेको बताएका छन्।  उनले भने, ‘यो टिममा राम्रो कम्प्याक्ट भएका छन्। अहिले टाइट ग्रुप भएको छ।’ खेलाडीको टेस्टका दौरान अप्स–डाउन्स भइरने कप्तान सन्दीपको मत छ। त्यसैबीच अहिले खेलाडीको टेस्ट भएको छ। टिमका सबै खेलाडी लिग २ का लागि उत्साही छन्। ‘लिग २ का लागि युवा खेलाडीको पोटेन्सियल टेस्ट गरिएको हो। कुनै समय ११ जना छनोट गर्न गाह्रो हुन्छ। तर नेपाली टिम अहिले बलिया खेलाडीको टिम रहेको छ। टिम राम्रो पोजिसनमा छन्,’ सन्दीपले भने।

मौसमकाे असर

जिम्बावेसँगको खेलका दौरान मौसम सफा नहुँदा तीनपटक खेल प्रभावित भए। टी २० को एक खेल त रद्द नै भयो। दोस्रो दिनकाे खेल वर्षा भएपछि रद्द भएको हो। त्यस्तै, जिम्बावेविरुद्ध क्यानले पहिला एक दिवसीय त्यसपछि टी २० प्रतियोगिता आयोजना गरेको थियो। तर पहिलो खेलको दिन (अप्रिल ३० तारिख) मा नै वर्षाले खेल हुन नसकेपछि खेलको तालिका नै परिवर्तन भएको थियो।

बिहान साढे ९ बजे खेलको समय निर्धारण गरिए पनि मैदानको आउटफिल्ड खेल्नलायक नभएपछि खेल साढे दुई घण्टा धकेलिएको थियो। यसकारण एक दिवसीय खेललाई ३३ ओभरमा छोट्याइएको थियो। त्यसैले खेल पूरा हुन सकेन। के मौसमको यो प्रतिकूलताले केही प्रभाव पर्यो ? जवाफमा सन्दीपले भने, ‘पानी परेको कारण सबै खेलाडीले भने खेल्न पाएनन्। कति कुराहरु फरक तरिकाले जानुपर्यो। हामीले भविष्यमा राम्रो टिमसँग खेल्न पाउँ।’

प्रकाशित: May 11, 2022| 07:08 बुधबार, वैशाख २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।