बुधबार, चैत ४, २०८२

भारतमा तीन करोड बच्चाले लगाए कोरोनाको खोप

कोरोना भाइरस विरुद्धको खोप लगाउनु उपयुक्त हुने विज्ञ तथा सरोकारवालाहरूको सुझाव र निष्कर्षका आधारमा भारतमा सरकारले बालबालिकालाई पनि खोप लगाइदिने निर्णय गरेको थियो।
 |  मंगलबार, वैशाख २७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २७, २०७९

नयाँ दिल्ली- भारतमा तीन करोडभन्दा बढी बालबालिकाले कोरोना भाइरस विरुद्धको कम्तीमा एउटा खोप लगाएका छन्।

National life

खोप लगाएका बालबालिका भने १२ देखि १४ वर्षसम्मको उमेरको रहेको संघीय स्वास्थ्य मन्त्रालयले जनाएको छ। भारतमा १२ देखि १४ वर्षसम्मका बालबालिकालाई कोरोना भाइरस विरुद्धको खोप लगाउन गत मार्च १६ देखि सुरु गरिएको हो।

कोरोना भाइरस विरुद्धको खोप लगाउनु उपयुक्त हुने विज्ञ तथा सरोकारवालाहरूको सुझाव र निष्कर्षका आधारमा भारतमा सरकारले बालबालिकालाई पनि खोप लगाइदिने निर्णय गरेको थियो।  खोप लगाएका बालबालिकालाई खोप लगाएर सुरक्षित भएको भन्दै संघीय स्वास्थ्य मन्त्री मनसुख मन्डावियाले बधाई दिएका छन्।

खोप लगाएका बालबालिका मध्ये एक करोड दुई लाख २७२ जनाले दोस्रो खोप पनि लगाएको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ।  त्यसै गरी १५ देखि १८ वर्षसम्मका भने पाँच करोड ८७ लाख ७० हजार ४२८ ले कम्तीमा एउटा खोप लगाएका छन्। ती मध्ये चार करोड ३३ लाख आठ हजार ६५१ जनाले दोस्रो खोप लगाएका छन्।

भारतमा अघिल्लो वर्षको जनवरी १६ देखि देशव्यापी रुपमा कोरोना भाइरस विरुद्धको खोप लगाउने अभियान सुरु गरिएको थियो।   एएनआई

Laxmi sunrise bank
kumari

प्रकाशित: May 10, 2022| 22:30 मंगलबार, वैशाख २७, २०७९
प्रतिक्रिया दिनुहोस्