बुधबार, असार ३१, २०८३

ढुंगा लागेर एक सैनिकको मृत्यु

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
धनगढी- बैतडीमा ढुंगा लागेर एक जना सैनिक जवानको मृत्यु भएको छ। बिदामा घर आएका दोगडाकेदार गाउँपालिका-४ कपिण्न्ना जसमलाका ३० वर्षीय नारायणदत्त
भट्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी निरीक्षक कान्तिराज जोशीले जानकारी दिए। 

गाउँ नजिकै रहेको पानीको मुहानमा पाइप जोडिरहेका बेला भीरबाट खसेको ढुंगाले लागेर भट्टको मृत्यु भएको उनले बताए। दिउँसो पौने १ बजे पानीको पाइप मर्मत गरिरहेका बेला मुहानमाथि रहेको भीरबाट एक्कासी खसेको ढुंगाले टाउकोमा लागेर उनको घटनास्थलमै मृत्यु भएको हो। भट्ट नेपाली सेनाको चार नम्बर बाहिनी नेपालगञ्जमा कार्यरत थिए।

भट्टको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।