सोमबार, साउन २५, २०८३

पौडी खेल्दा बेपत्ता बालक भेटिएनन्

सोमबार दिउँसोदेखि बेपत्ता बालक अझै फेला पर्न नसकेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए।
 |  मंगलबार, वैशाख २७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २७, २०७९

तनहुँ- तनहुँको घिरिङ गाउँपालिका–१ पुट्टारस्थित कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा सोमबार बेपत्ता भएका बालक फेला परेका छैनन्। बेपत्ता हुनेमा घिरिङ गाउँपालिका–५ धेनुङका १२ वर्षिय ईश्वर विक रहेको प्रहरीले जनाएको छ।

सोमबार दिउँसोदेखि बेपत्ता बालक अझै फेला पर्न नसकेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए।

बेपत्ता बालकको आज पनि खोजीकार्य जारी छ। पुट्टारबाट स्याउलीबजार जोडिएको झोलुङ्गे पुलबाट केही तल तीन जना पौडी खेल्न गएकामा विक नदीले बगाएर बेपत्ता भएका हुन्। अन्य दुई भने नदी तर्न सफल भएका थिए।

प्रकाशित: May 10, 2022| 13:27 मंगलबार, वैशाख २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।