बुधबार, असार १०, २०८३

१३६ औं वार्षिकोत्सव मनाउँदै कोका–कोला

८ मे १८८६ मा जर्जियाको डाउनटाउन एटलान्टा स्थित एक सोडा फाउन्टेनबाट सुरु भएको कोका–कोला कम्पनीले आफ्नो १३६ औँ वार्षिकोत्सव मनाएको छ ।
 |  मंगलबार, वैशाख २७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २७, २०७९
National life
Shivam cement

काठमाडौं– ८ मे १८८६ मा जर्जियाको डाउनटाउन एटलान्टा स्थित एक सोडा फाउन्टेनबाट सुरु भएको कोका–कोला कम्पनीले आफ्नो १३६ औँ वार्षिकोत्सव मनाएको छ । यसको उत्पादनको परिकल्पना एट्लान्टा फर्मासिस्ट डा. जोन एस पेम्बर्टनले यो स्वादिस्ट पेय पदार्थको उत्पादन सुरु गरेका हुन्। 

वार्षिकोत्सवका अवसरमा कम्पनीले भनेको छ, ‘आज यो पेय पदार्थ करोडौँ मानिसहरुको प्रिय भएको छ । संसारमा सायदै कोही होलान् जसले कोकाकोलाको ‘टेस्ट दि फिलिङ’ नसुनेको होलान् । यो पेय पदार्थ आफैमा रिफ्रेसमेन्ट, इन्जोइमेन्ट र सेलिब्रेसनको पर्यायवाची भइसकेको छ । कोकाकोलाको स्वाद आफैंमा  युनिक छ, र यसले आफ्ना विश्वभरिका  उपभोक्ताहरुलाई उनीहरुले खोजे जस्तै र मन पराएजस्तै स्वाद दिँदै आएको छ ।’

कोका–कोला, कोका–कोला जेरो सुगर, फ्यान्टा, स्प्राइट र किन्ले लगायतका पेय पदार्थहरू उत्पादन गर्दै आएको कोका–कोलाले नेपाल मा करिब ५ दशक अघि बालाजुको (बोटलर्स नेपाल लिमिटेड) र भरतपुरको  (बोटलर्स नेपाल तराई लिमिटेड) मा दुई प्लान्ट स्थापना गरी आफ्नो व्यवसाय सन्चालन गरेको थियो ।


प्रकाशित: May 10, 2022| 12:32 मंगलबार, वैशाख २७, २०७९
प्रतिक्रिया दिनुहोस्