शनिबार, चैत ११, २०७९

गाउँमा चुनावी 'दलदल'

सायद ‘दलदल’मा नफसेको मान्छे भेट्न अहिले गाह्रो छ। दलदलमा फस्नेहरुबीच बोलचाल नै बन्द हुने स्थिति छ। कसैको झगडा परेको त कतै हात मिचामिचको स्थितिसम्म बनेका खबर साथीहरुले सुनाइबस्छन्।
 |  मंगलबार, वैशाख २७, २०७९

कौशल काफ्ले

कौशल काफ्ले

मंगलबार, वैशाख २७, २०७९

पाँच वर्षपछि गाउँमा फेरि चुनाव आएको छ। चुनाव एक्लै आएको छैन। चुनावसँगै आएका छन्– गालीगलौज र आरोप–प्रत्यारोप। यहीबीचमा घोषणापत्रमा खुसुक्क छिर्छन् आश्वासनका पुलिन्दा। जहाँ देखाइएको हुन्छ, गाउँको सुदूर भविष्यको एउटा काल्पनिक चित्र।

National life insurance

त्यो चित्रमा भत्किरहेका छन् पहाडहरु। झरिरहेका छन् पहराहरु। सुकिरहेका छन् खोलानाला र ठडिँदैछन् खेतीयोग्य जमिनमा कंक्रिटका जंगल। बढिरहेको छ दहीदूध बेचेर कोक–ड्यू पिउनेहरुको जमात। अब गाउँ ‘गाउँ’ रहँदै छैन। यदि उम्मेदवारको सौन्दर्य चेतअनुसार नै काम भए, गाउँले मौलिकता गुमाउँदै छ। गाउँ कंक्रिटमय बन्दैछ। 

गाउँमा पहाड भत्काएर अग्ला टावर ठडिँदै छन्। खेत मासेर ‘प्लटिङ’ बन्दैछ। विकासको मूल जरो भनिएको शिक्षालय त झन् खस्कँदो अवस्थामा छन्। स्कुलमा एमाले शिक्षक, कांग्रेस शिक्षक, माओवादी शिक्षकजस्ता दलका शिक्षकले भरिभराउ हुनेछन्। स्कुलको चौर कथित विकासे योजना सुनाउने थलो बन्नेछ। गाउँमा पुस्तकालय हैन, बरु बडेबडे ‘लिकर सप’हरु खुल्नेछन्।

तर, माथि उल्लेखित योजनाहरु मैले भनेको हैन। गाउँमा सुनिने बहस छलफलमा नेताहरुको यस्तै चेत झल्किन्छ। स्कुल सुधार गर्ने भन्दा पनि अग्लो टावर गाउँमा ठडिनु उनीहरुको लागि महत्वपूर्ण छ। उम्मेदवारहरुको विकासे चेतले पनि गाउँको यस्तै चित्रको परिकल्पना गरेको देखिन्छ। 

गाउँमा पहाड भत्काएर अग्ला टावर ठडिँदै छन्। खेत मासेर ‘प्लटिङ’ बन्दैछ। विकासको मूल जरो भनिएको शिक्षालय त झन् खस्कँदो अवस्थामा छन्।

हुँदाहुँदा आजकल गाउँमा मान्छेहरुले अक्षर पनि चिन्न छाडिसके। चिनेपनि बेवास्ता गर्ने बानी उनीहरुलाई परिसक्यो। बरु गाउँलेहरुले अक्षर हैन, चिन्ह मात्र चिन्न थालेका छन्। अपवाद बाहेकले उम्मेदवारको घोषणापत्रमा लेखिएका अक्षर हेर्दैनन्। बस्! चिन्ह हेर्छन् कुन पार्टीको? कुन दलको?

worldlink

आफूलाई मन परेको चिन्ह भए आँखा चिम्मै गरेर छाप हान्नेहरु बढिरहेका छन्। जसलाई उम्मेदवारको योजनाबारे प्रश्न सोध्ने फुर्सद नै छैन। कारण, गाउँमा चुनाव एक्लै आएको छैन। सँगसँगै लिएर आएको छ, दलका पगरीहरु। दलको चस्मा लगाइसकेपछि साथीहरुले बाँकी सबै कुरा भुल्न थालेछन्। अरुबेला गाउँ जाँदा भेटिने काकाकाकी, दाइदिदी, आदि सबैको परिचय फेरिएको छ। गाउँमा उनीहरु कांग्रेसी काका, एमालेका दाइ, माओवादीकी दिदी यस्तैयस्तै विशेषण बोकेर चिनिन थालेका छन्। कुमार नगरकोटीले भनेझैँ सबैजना ‘दलदास’ भएका छन्। सायद यस्तै कुराले आजित भएर होला, नगरकोटी कवितामार्फत आफ्नो चिन्ता पोख्छन्– 

यहाँ यही कुरा चल्छ 

यहाँ दलले मान्छे छल्छ । 

तिमी एउटा दलमा ।

म अर्काे दलमा । 

हामी सब दलदलमा । 

हामी फगत दलहरूका दलदलमा ।

सायद ‘दलदल’मा नफसेको मान्छे भेट्न अहिले गाह्रो छ। दलदलमा फस्नेहरुबीच बोलचाल नै बन्द हुने स्थिति छ। कसैको झगडा परेको त कतै हात मिचामिचको स्थितिसम्म बनेका खबर साथीहरुले सुनाइबस्छन्। 

तर यति ढुक्क हुनुस्, उनीहरुले पनि मलाई सुनाउनको लागि सुनाइरहेका छैनन्। घुमाउरो पारामा कुनै दललाई माथि पार्नु उनीहरुको उद्देश्य छ। एमालेको साथीले फोन गर्दा, कांग्रेसी काकाले निहुँ खोजेको खबर सुनाउँछ। कांग्रेसी साथीले फोन गर्दा, एमालेको दाइले मुख छोडेको सूचना दिन्छ। 

यी सूचना कति सत्य, कति मिथ्या हुन् भनेर समयले बताउला। जेहोस्, चुनावी दलदलले गाउँ शान्त छैन। गाउँलेहरुलाई कि त कांग्रेस जिताउनु छ, कि एमाले कि माओवादी कि अर्को कुनै पार्टी। गाउँलाई जिताउने कुरा अहिलेको लागि उनीहरुलाई तपसिलको विषय हो। चुनावी दलदलबाट निस्केपछिको पाँच वर्ष गाउँकै चिन्ता गर्नेहरु पनि अहिले दलकै चिन्ताले ग्रस्त छन्।

सायद ‘दलदल’मा नफसेको मान्छे भेट्न अहिले गाह्रो छ। दलदलमा फस्नेहरुबीच बोलचाल नै बन्द हुने स्थिति छ। कसैको झगडा परेको त कतै हात मिचामिचको स्थितिसम्म बनेका खबर साथीहरुले सुनाइबस्छन्। 

दलको चिन्ता हुनु, कसैको लागि मत माग्नु र चुनावमा भाग लिनु लोकतन्त्रको सुन्दर पक्ष होला। दलिय व्यवस्थामा कार्यकर्ताले दलको नेता जिताउन लाग्नु स्वाभाविक पनि हो। तर, चिन्ता यो हो कि गाउँमा अब इमान्दार कार्यकर्ता पनि रहेनन्। विना प्रश्न आँखा चिम्लिएर दलकै लागि मरिमेट्ने जमात दलका कार्यकर्ता हैनन्। नगरकोटीकै शब्द सापटी लिएर भन्दा उनीहरु त ‘दलदास’ हुन्। र, दलदासहरु गाउँमा बढ्दै जानुको अर्थ प्रश्न मर्दै जानु हो। तपाईं आफैं अनुमान गर्नुस् प्रश्न मरेको समाज कस्तो होला?

भर्खरै काठमाडौंमा भारतका चर्चित पत्रकार रविश कुमारले हिमाल खबरले आयोजना गरेको मिडिया मेलामा बोल्ने क्रममा भनेका थिए– भारतमा अब जनमत छैन, ‘जडमत’ छ। उनले त्यसो भन्दै गर्दा मेरो गाउँको चुनावी दृश्य म सम्झिरहेको थिएँ। हिजोसम्म ‘फलानो’ ठिक छैन भन्ने मान्छे पनि आज कसैको हुकुमको भरमा त्यही फलानोलाई नै मत दिन तयार देखिन्छ। अपवादबाहेक सबै दलदास नै भएका छन्।

चुनाव आउन केही दिनमात्र बाँकी रहँदा मौन अवधिको नजिक हामी छौँ। मौन अवधिमा को–को मौन रहन्छन्, निर्वाचन आयोगले पक्कै हेर्ला। तर, मैले देखेको मौन अवधिमा ‘मौन प्रचारप्रसार’लाई झन् तीव्र पारिन्छ। खुलमखुल्ला गरिएको प्रचारभन्दा मौन प्रचार झन् खतरनाक हुँदो रहेछ। चुनावी परिणाम आफ्नो पोल्टामा पार्न त्यो समय नेताहरुले हर प्रयत्न गर्छन्। अघिल्ला चुनावहरुमा यसरी निर्वाचन आयोगलाई नै ‘फ्लप’ खुवाइएको दृश्यहरु देखेकै हो। यसपटक पनि त्यस्तो नहोला भन्नेमा शंकै छ।

अब त चुनावको लागि गाउँ फर्कनेको लर्को पनि लाग्न थालिसक्यो। जिल्लाभित्रका विभिन्न कुनाकुनामा जानेहरुको लागि गाडी रिजर्भ गरिसकेका छन्, दलहरुले। हिजो कोरोना महामारीमा नागरिकको उद्धार गर्न उदासिन राजनीतिक दल अहिले आफ्नो लागि गाडीका ताँती लगाउन तयार छन्। चाबहिलबाट यति बजे, कोटेश्वरबाट यति बजे। फलानो ठाउँतिर जानेलाई यति नम्बरको गाडी, तिलानो ठाउँ जानेलाई यो गाडी। 

चुनाव आउन केही दिनमात्र बाँकी रहँदा मौन अवधिको नजिक हामी छौँ। मौन अवधिमा को–को मौन रहन्छन्, निर्वाचन आयोगले पक्कै हेर्ला। तर, मैले देखेको मौन अवधिमा ‘मौन प्रचारप्रसार’लाई झन् तीव्र पारिन्छ।

तर, यहाँ पनि बुझ्नुपर्ने कुरा के भने राजनीतिक दलले गाउँबासी मात्र ठानेर मतदातालाई गाउँ लग्दै छैनन्। एमालेले एमालेकै दाइदिदी, काकाकाकी बोक्छ। कांग्रेसले कांग्रेसकै। सहरबाट नै साथीहरु कित्ताकाट गरेर गाउँ फर्कंदैछन्। उनीहरु गाउँलाई हैन, आफ्नो व्यक्तिगत फाइदालाई हेरेर भोट हाल्न गइरहेका छन् भन्दा फरक नपर्ला।

जस्तो, एकाबिहानै मलाई एकजना दाइको फोन आयो। भाइ गाडी छ, गाउँ नजाने? मैले कार्यव्यस्तताका कारण नभ्याउने जनाउ दिँदा पनि उनले कर गरिरहे। ‘जाम न यार। पछि हाम्रो काम गर्दा चाहिने मान्छे हो। ‘फलानो’लाई जिताउनु त पर्यो नि,’ गाउँका एक उम्मेदवारको नाम लिँदै उनले लोभ देखाइरहे। 

यसरी हरेक मान्छे गाउँलाई काम लाग्ने भन्दापनि आफूलाई काम लाग्ने मान्छे जिताउन गाउँ गइरहेको छ। अपवाद बाहेकले आफूलाई व्यक्तिगत रुपमा लाभ पुर्याउने उम्मेदवारलाई नै मत दिनेछन्। अनि यिनीहरुको हुकुममा खस्ने ‘हुकुमी भोट’ त भइहाले। 

सबैले गाउँ हैन, आफू केन्द्रित भएर नै भोट खसाल्ने छन्। आफ्नो व्यक्तिगत स्वार्थलाई जिताउने छन्। जसको परिणाम के हुन्छ, अहिले हाम्रैसामु छताछुल्ल छ।

प्रकाशित: May 10, 2022| 12:15. 21 मंगलबार, वैशाख २७, २०७९

थप समाचार

अंक र अनुहारमा अल्झेको समावेशीकरण

प्राविधिक पक्षलाई ध्यान दिएर संख्या परिपूर्ति गर्दा पनि केही न केही लाभ सिमान्तकृत तथा पिछडिएको वर्ग, समुदाय र लिंगलाई हुन्छ नै तर जुन गतिमा उनीहरुको...

अराजकवादी राष्ट्रवाद र ओली प्रवृत्ति

भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख सामन्तकुमार गोयललाई २०७७ कात्तिक ४ गते मध्यरातमा बालुवाटारमा स्वागत गरेका थिए ओलीले। गोयलसँग गरेको गुपचुप वार्तामा के कुरा भयो,...

कम्युनिष्ट आन्दोलनमा युवाको बाटो

विषेशगरी कम्युनिष्ट आन्दोलनको लामो ऐतिहासिक र सैद्धान्तिक व्याख्या भन्दा पनि अब नेपाली युवाहरूले कम्युनिष्ट आन्दोलनमा खेल्नुपर्ने भूमिका र यस आन्दोलनलाई युवाहरूले कसरी जनउपयोगी बनाउने भन्ने...

गणतन्त्रको राष्ट्रपति र राजतन्त्रको राष्ट्राध्यक्षबीच भिन्नता पुष्टि गर्नु छ रामचन्द्रलाई

मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेशसँगै सर्वोच्च पदको रूपमा रहेको राष्ट्रपतिमा परिपक्व नेता रामचन्द्र पौडेल निर्वाचित भएका छन्।

राजनीतिक परिदृश्य, चुलिंदो ध्रुवीकरण र क्रमभंगता

लामो समय सामन्ती युगबाट गुज्रिएको नेपालको राजनीतिक विकासक्रम स्वाभाविक रेखामा अगाडि बढ्न सकेको देखिँदैन। सामन्तवादको प्रतिनिधित्व सामन्ती राजतन्त्रले गर्छ। सिद्धान्ततः सामन्तवाद भन्दा पुँजीवादलाई केही हदसम्म...