शुक्रबार, असार ५, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • निवर्तमान अध्यक्ष धामी जिल्लाका समस्या लिएर विभिन्न मन्त्रालय धाउँदै

निवर्तमान अध्यक्ष धामी जिल्लाका समस्या लिएर विभिन्न मन्त्रालय धाउँदै

 |  शुक्रबार, वैशाख २६, २०८२

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख २६, २०८२

काठमाडौं- मालिकार्जुन गाउँपालिकाका निवर्तमान अध्यक्ष नरेन्द्र सिंह धामी अहिले पालिकाका समस्याहरुको पोकोसहित मन्त्रालय तथा तिनका विभागहरुमा प्रत्येक दिन धाउने गरेका छन् । 

National life

ग्रामीण बस्तीका प्रमुख समस्याहरु लिएर उनी अधिकांस समय अहिले मन्त्रालयमा भेटिने गरेका छन् । पछिल्लो समय राजनीतिक दलहरु र नेताप्रति वितृष्णा पैदा भैरहेको बेला आफ्नो नीजि स्वार्थ भन्दामाथि उठेर धामी निरन्तर जनताको सेवामा तल्लिन छन् ।

नेपाली कांग्रेस दार्चुलाका नेता धामीले जिल्लाका ९ वटै स्थानीय तहमा भरपर्दो र गुणस्तरीय टेलिफोन सेवा बिस्तारका लागि नेपाल टेलिकमका महाप्रबन्धक संगिता पहाडीलाई भेटी दार्चुला जिल्लाको ग्रामीण बस्तिहरुमा बिगत लामो समयदेखि टेलिफोन सेवामा देखिएको समस्या तत्काल समाधानका निम्ति ज्ञापनपत्र बुझाएका छन्।

जिल्लाको ब्याँस गाउँपालिका, अपि हिमाल गाउँपालिकाजस्ता विकट क्षेत्रमा नेपाल टेलिकमको सेवा विस्तारका लागि आवश्यक पहल गरिदिन भनी ज्ञापन बुझाएका हुन् । यसका लागि छिटै विभागबाट टोलि खटाएर समस्याको समाधान गरिने विभागका महाप्रबन्धक पहाडीले बताइन्। मोबाइल सेवा निर्देशनालय बबरमहलका डाइरेक्टर प्रेम सिलवालले तत्काल आफू स्थलगत निरीक्षण गरि काम गर्न निर्देशन दिने बताए ।

यस्तै जिल्लाको खेती योग्य जमिन रहेको क्षेत्र उकु, बाँकु, लाली, धाप, दत्तु, गोकुलेश्वर लगायत उब्जनी हुने क्षेत्रलाई कृषि आधुनिकताको विकासका निम्ती अनुरोध गर्दै त्यहाँको समस्या बारे सँचाई विभाग महानिर्देशक संजिव बराल र उप–महानिर्देशक मित्र बराललाई अवगत गराएका छन् ।

Shivam cement

यसअघिका दिनमा पनि पूर्व अध्यक्ष धामीले काठमाडौंस्थित विकासे अड्डाका मन्त्रालय र अन्य मन्त्रालय पुगेर जिल्लाको सम्रग विकासका लागि माग पत्र बुझाउँदै समस्या समाधानका लागि आग्रह गर्दै आइरहेका छन् ।


 

प्रकाशित: May 09, 2025| 14:07 शुक्रबार, वैशाख २६, २०८२
प्रतिक्रिया दिनुहोस्