मंगलबार, असोज १३, २०८३

आगामी तीन दिन देशभरका अधिकांश नदीहरूको बहाव सामान्य रहने

 |  मंगलबार, असोज १३, २०८३

नेपाल समय

नेपाल समय

मंगलबार, असोज १३, २०८३

काठमाडौं- जल तथा ऊर्जा आयोगको सचिवालय अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले आगामी तीन दिन देशभरका साना तथा ठूला अधिकांश नदीहरूमा पानीको बहाव सामान्य रहने जनाएको छ। 

मंगलबार पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिन अनुसार असोज १३ देखि १५ गते सम्म देशभरका अधिकांश साना नदीहरूमा पानीको बहाव सामान्य रहने अनुमान गरिएको हो।  

कोशी, नारायनणी, कर्णाली, महाकाली, कन्काई, कमला, वाग्मती, पूर्वराप्ती, तिनाउ, बाणगँगाा, पश्चिम राप्ती र बबईको पानीको बहाव सामान्य घटवढ रहेको छ।

पूर्वानुमान महाशाखाले जारी गरेको पछिल्लो बाढी पूर्वानुमान बुलेटिन अनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरूका साथै कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीमा बहाव सतर्कता तहभन्दा तल रहेको उल्लेख गरेको छ।

प्रकाशित: Sep 29, 2026| 12:20 मंगलबार, असोज १३, २०८३
प्रतिक्रिया दिनुहोस्