शुक्रबार, असार ५, २०८३

सवारी चालक अनुमतिपत्र पाउन सास्ती

यातायात व्यवस्था कार्यालय बागलुङले लामो समयदेखि लाइसेन्सको फार्म खुलाएको छैन। स्थानीय तह निर्वाचनका लागि उम्मेदवार घर दैलोमा मत माग्न पुग्दासमेत धेरैले यसबारे प्रश्न गर्ने गरेका छन्।
 |  मंगलबार, वैशाख २७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २७, २०७९

बलेवा- बागलुङ नगरपालिका–३ भलाटाकुराका सुमन किसानले सवारी साधन चलाउन सिकेको दुई वर्ष भयो। उनको हातमा सीप त छ तर त्यसको प्रयोग गर्ने अधिकार छैन। उनले सवारी साधन चलाउने अनुमतिपत्र (लाइसेन्स)को परीक्षा दिन पाएका छैनन्।

National life

महँगो शुल्क तिरेर सवारी साधन चलाउन सिक्नुभएका किसान आफ्नो मेहनत खेर जाने हो की भन्ने चिन्तामा छन्। बागलुङमा चार पाङ्ग्रे सवारी साधनका लागि सवारी चालक अनुमतिपत्रको परीक्षा नभएको १० वर्ष भयो। 

पोखरा, काठमाडौँ, बुटवललगायत सहरमा जाँदा एकै पटकमा लाइसेन्स बन्दैन। धेरै पटक धाउँदा खर्च धान्नै कठिन हुने उनको गुनासो छ। आफूले चिने जानेका र गाउँघरमा पुग्ने जो कोहीसँग किसानले सोधी खोजी गर्छन्, ‘सवारी चालक अनुमतिपत्रका लागि परीक्षा कहिले हुन्छ?’

किसान जस्ता धेरैको अहिले यही समस्या छ। पछिल्लो समय स्वदेशमा होस् वा विदेशमा रोजगारीका लागि सवारी चालक अनुमतिपत्र अनिवार्य जस्तै भएको छ। लामो समय यातायात व्यवस्था विभागले परीक्षाको प्रबन्ध गर्न नसक्दा युवा समस्यामा छन्।

यातायात व्यवस्था कार्यालय बागलुङले लामो समयदेखि लाइसेन्सको फार्म खुलाएको छैन। स्थानीय तह निर्वाचनका लागि उम्मेदवार घर दैलोमा मत माग्न पुग्दासमेत धेरैले यसबारे प्रश्न गर्ने गरेका छन्।

Shivam cement

जैमिनी नगरपालिका–६ का दीपक नेपालीले भने, ‘मैले मकवानपुर पुगेर लामो समय पर्खेर र पैसा खर्चेर लाइसेन्स लिए।’ साना तथा ठुला सवारी साधन चलाएर स्वरोजगार बन्न युवा पुस्ता आकर्षित भएको पाइए पनि लाइसेन्स नहुँदा उनीहरु त्यसबाट वञ्चित छन्।

यातायात व्यवस्था कार्यालय बागलुङका प्रमुख पारसिंह थापाका अनुसार २०६९ सालमा नयाँ मापदण्ड लागू भएदेखि दुई पाङ्ग्रे सवारी साधन बाहेकको सवारी चालक अनुमतिपत्र जारी भएको छैन।

कोरोना महामारीको समयमा रोकिएको दुई पाङ्ग्रे सवारी साधन चालक अनुमतिपत्रको परीक्षा नियमित हुन नसक्दा सर्वसाधारण मर्कामा छन्। ‘दुई वर्षको बीचमा एक पटक खुलेको अनलाइन फारम भरेकाको परीक्षा लिन भदौसम्मको तालिका छ’, उनले भने, ‘अब नयाँ व्यवस्थापनसहित चुनावपछि फारम खुल्छ।’

चार पाङ्ग्रे सवारी साधनका लागि भने प्रयोगात्मक परीक्षा लिने मापदण्ड पुगेको संरचना बागलुङमा छैन। पटक पटक सरोकारवालाबीच मापदण्ड पुग्ने मैदानको खोजीका विषयमा छलफल भए भए पनि समस्या नसुल्झेको थापा बताउँछन्।

‘अहिले एक दुई ठाउँबाट प्रस्ताव आएको छ, हामीले भाडामै लिएर भए पनि मैदान तयार गरौँ भनेर लागेका छौँ’, उनले भने, ‘सोह्र रोपनी जग्गा एकै ठाउँमा चाहिन्छ, कार्यालयसँग जग्गा छैन।’  रासस

प्रकाशित: May 10, 2022| 10:23 मंगलबार, वैशाख २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।