सोमबार, साउन २५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पाल्पामा पत्रकार, शिक्षक र स्वास्थ्यकर्मी चुनावी मैदानमा

पाल्पामा पत्रकार, शिक्षक र स्वास्थ्यकर्मी चुनावी मैदानमा

पाल्पामा स्थानीय तहको निर्वाचनमा पत्रकार, शिक्षक र स्वास्थ्यकर्मी चुनावी मैदानमा छन्। यही वैशाख ३० गते हुने निर्वाचनका लागि जिल्लामा गाउँपालिका अध्यक्ष र वडाध्यक्षमा उनीहरु उम्मेदवार बनेका छन्।
 |  मंगलबार, वैशाख २७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २७, २०७९

रामपुर- पाल्पामा स्थानीय तहको निर्वाचनमा पत्रकार, शिक्षक र स्वास्थ्यकर्मी चुनावी मैदानमा छन्। यही वैशाख ३० गते हुने निर्वाचनका लागि जिल्लामा गाउँपालिका अध्यक्ष र वडाध्यक्षमा उनीहरु उम्मेदवार बनेका छन्। 

नेपाल पत्रकार महासङ्घ पाल्पाका निवर्तमान अध्यक्ष राजेशकुमार अर्याल नेकपा (एमाले)बाट तानसेन नगरपालिका-९ को वडाध्यक्षमा उम्मेदवार बनेका छन्। एमालेबाटै तानसेन-८ मा सोमनाथ अर्याल र ओमप्रकाश गैरे बगनासकाली गाउँपालिका-५ को वडाध्यक्षको उम्मेदवार बनेका छन्। बगनासकाली गाउँपालिका अध्यक्षमा स्वतन्त्रबाट अम्बिका पाण्डेले उम्मेदवारी दिएका छन्।

आसन्न निर्वाचनमा दुई प्रधानाध्यापक र दुई स्वास्थ्यकर्मी राजिनामा दिएर चुनावी प्रतिस्पर्धामा छन्। माथागढी गाउँपालिकामा एमालेबाट पालिका अध्यक्षमा सिअहेबबाट राजिनामा दिनुभएका यमबहादुर चिदी र उपाध्यक्षमा अनमीबाट राजिनामा दिनुभएकी विष्णुमाया लुङ्चे उम्मेदवार बनेका छन्।

राजीनामा दिनुअघि चिदी जिल्लास्थित स्वास्थ्य बीमा बोर्ड प्रमुखको रुपमा कार्यरत थिए। लुङ्चे भने माथागढी गाउँपालिकाको गोठादी स्वास्थ्य चौकीमा अनमी पदमा कार्यरत रहेका थिए।

पूर्वखोला-५ स्थित गणपति माविका प्रधानाध्यापक विष्णु पल्ली शिक्षकबाट राजिनामा दिएर एमालेबाट वडाध्यक्षमा उम्मेदवार बनेका हुन्।

रामपुर नगरपालिका-९ को प्रगतिशील प्राथमिक विद्यालयका प्रधानाध्यापक नेत्र गाहा पनि एमालेबाट रामपुर-९ मा वडाध्यक्षको उम्मेदवार बनेका छन्। - रासस

प्रकाशित: May 10, 2022| 10:04 मंगलबार, वैशाख २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।