मंगलबार, फागुन १९, २०८२

सागकी स्वर्ण विजेता सञ्जु मृत फेला

नेपालमा सम्पन्न भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक जितेकी नेपाली महिला खेलाडी सञ्जु चौधरी मृत फेला परेकी छन्।
 |  मंगलबार, वैशाख २७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २७, २०७९

काठमाडौं- नेपालमा सम्पन्न भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक जितेकी नेपाली महिला खेलाडी सञ्जु चौधरी मृत फेला परेकी छन्।

भारोत्तोलनमा स्वर्ण विजेता खेलाडी  चौधरी मंगलबार बिहान ललितपुरको लुभुस्थित भारोत्तोलन प्रशिक्षक संजय महर्जनको घरमा मृत अवस्थामा भेटिएकी नेपाल भरजत्तोलन संघका महासचिव पार्थ सारथिसेन गुप्ताले नेपाल समयलाई जानकारी दिए।

उनले आत्महत्या गरेको आशंका गरिएको बताए। महासचिव गुप्ताले घटनाको विस्तृत विवरण आउन बाँकी रहेको बताएका छन्।

प्रशिक्षक महर्जनको घरमा भोज खान गएर त्यहिँ बसेकी सन्जु बिहान झुन्डिएको अवस्थामा फेला परेकी थिइन्। उनी अहिले काठमाडौंमा नै थिइन्।

१९औं एसियाली खेलकुदका लाग भरत्तोलनले बन्दर प्रशिक्षणा सञ्चालन गरिरहेको कारण उनी प्रशिक्षणमा सामेल हुन केही दिनअघि काठमाडौं आएकी थिइन्। उनले सागमा ५९ केजी तौलसमूहमा स्वर्ण जितेकी थिइन्।

kumari

प्रकाशित: May 10, 2022| 09:39 मंगलबार, वैशाख २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।