शुक्रबार, असार ५, २०८३

मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु

मकवानपुरको शिखरपानीमा मोटरसाइकलको ठक्करबाट एक जनाको ज्यान गएको छ।
 |  मंगलबार, वैशाख २७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २७, २०७९
National life
Shivam cement

मकवानपुर- मकवानपुरको शिखरपानीमा मोटरसाइकलको ठक्करबाट एक जनाको ज्यान गएको छ। हेटौंडा उपमहानगरपालिका वडा नम्बर-१५ शिखरपानीमा सोमबार साँझ मोटरसाइकलको ठक्करबाट एक जना वृद्धाको ज्यान गएको हो।

मृत्यु हुनेमा स्थानीय ६० वर्षीया मनमाया पाख्रिन रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। ना४६प २२७७ नम्वरको मोटरसाइकलले ठक्कर दिँदा उनी गम्भीर घाइते भएकी थिइन्। उनको उपचारको क्रममा हेटौंडा-११ स्थित चुरेहिल अस्पतालमा मृत्यु भएको प्रहरीको भनाइ छ।

ठक्कर दिने मोटरसाइकल इलाका प्रहरी कार्यालय पशुपतिनगरको नियन्त्रणमा रहेको छ। चालक भने फरार छन्।

प्रकाशित: May 10, 2022| 09:05 मंगलबार, वैशाख २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।