शुक्रबार, असार ५, २०८३

कांग्रेसबाट उपमेयरकी प्रत्यासी कुर्मीको निधन

कपिलवस्तुको महाराजगन्ज नगरपालिकाको उपमेयर पदकी उमेदवार शुभावती कुर्मीको निधन भएको छ।
 |  मंगलबार, वैशाख २७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २७, २०७९

बुटवल- कपिलवस्तुको महाराजगन्ज नगरपालिकाको उपमेयर पदकी उमेदवार शुभावती कुर्मीको निधन भएको छ। 

National life

आसन्न स्थानीय तह निर्वाचनका लागि उनी नेपाली कांग्रेस कपिलबस्तुको तर्फबाट उपप्रमुख पदको उमेदवार बनेकी थिइन्। पारिवारिक स्रोतका अनुसार कुर्मीको हृदयघातका कारण निधन भएको हो। 

सोमबार राति १ बजे जिल्ला अस्पताल तौलिहवामा उपचारक्रममा उनको निधन भएको बताइएको छ।

उनको दाहसंस्कार आज बिहान १० बजे बाणगंगा नदीको बरगदी घाटमा हुने परिवारिक स्रोतले जनाएको छ।

प्रकाशित: May 10, 2022| 08:29 मंगलबार, वैशाख २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।