आइतबार, मंसिर ७, २०८२

आईपीएलमा मुम्बई इन्डियन्सलाई कोलकत्ताले हरायो

इन्डियन प्रिमियर लिग (आईपीएल) मा सोमबार राति सम्पन्न भएको खेलमा कोलकत्ता नाइट राइडर्सले मुम्बई इन्डियन्सलाई ५२ रनले हराएको छ।
 |  मंगलबार, वैशाख २७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २७, २०७९

काठमाडौं- इन्डियन प्रिमियर लिग (आईपीएल) मा सोमबार राति सम्पन्न भएको खेलमा कोलकत्ता नाइट राइडर्सले मुम्बई इन्डियन्सलाई ५२ रनले हराएको छ। डी वाई पाटिल क्रिकेट रंगशालामा सम्पन्न खेलमा पहिले ब्याटिङ गरेको कोलकत्ताले ५२ रनको जित निकालेको हो।

National life

टस हारेर ब्याटिङको अवसर पाएको कोलकत्ताले पुरा ओभर खेल्दै ९ विकेट गुमाएर १६५ रन बनाएको थियो। जवाफमा १५ बल बाँकी रहँदै सम्पूर्ण विकेट गुमाएको मुम्बई ११३ रनमा समेटिएपछि कोलकत्ताले जित निकालेको हो।

कोलकत्ताको जितमा वेंकटेस अयरले र नितिश रानाले समान ४३–४३ रन बनाएका थिए। त्यस्तै अजिंक्य रहाणेले २५ र रिंकु सिंहले २३ रनको योगदान दिए। यता मुम्बईका लागि जसप्रित बुमराहले पाँच विकेट गिराउँदा कुमार कार्तिकेयरले दुई विकेटको योगदान दिए।

त्यस्तै, जवाफमा मुम्बईका इशान किसनले ५१ रन बनाए भने अन्य खेलाडीले सम्झनलायका प्रदर्शन नै गरेनन्। बरु बलिङमा कोलकत्ताका पट कमिन्स, आन्द्रे रसेल, टिम साउथी र वरुण चक्रवर्तिले क्रमशः ३, २, १ र १ विकेट गिराए।

यो जितसँगै कोलकत्ता आईपीएल तालिकाको सातौं स्थानमा छ भने मुम्बई तालिकाको पुछारमा कायम छ।

Laxmi sunrise bank
kumari

आईपीएलमा आज लखनौ सुपर जायन्ट्सले गुजरात टाइटन्सको सामना गर्दैछ। यी दुवै क्लबले यो वर्षबाट आईपीएलमा डेब्यु गरेका हुन्। यी दुई क्लब आईपीइएल तालिकाको शीर्ष र दोस्रो स्थानमा छन्।

प्रकाशित: May 10, 2022| 08:21 मंगलबार, वैशाख २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।