भैरहवा- नितम्बमा आएको पीलोको उपचार गर्ने क्रममा आफ्नै सहकर्मीको मृत्यु भएपछि भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल (युसीएमएस) मा विद्यार्थीहरुले आन्दोलन गर्दा अस्पतालमा बिहानैदेखी तनाब सृजना भएको छ।
सोही कलेजमा विडिएस १३ औं ब्याचमा अध्ययनरत २४ वर्षिय माधब शाह शनिबार साँझ अस्पतालको आकस्मिक कक्षमा भर्ना भएका थिए। पीलोको दुखाई बढेपछि साथीसंगै अस्पतालमा भर्ना भएका थिए। तर जुनियर डाक्टरले जथाभावी औषधी चलाउँदा उनको स्वास्थ्य अवस्था झनै गम्भीर बन्दै गएको मृतक शाहका सहपाठीले बताए। नाम उल्लेख नगरीकन ती विद्यार्थीले भने, ‘हामीले माधबको उपचारमा सिनीयर चिकित्सक पठाईदिनकोलागी प्रीन्सिपल र मेडिकल सुपरीटेन्डेन्ट लाई समेत भन्यौं तर उनीहरुले कुनै चासो दिएनन् । त्यहाँ भएकाले जथाभावी औषधी दिए जसका कारण उनको मृत्यु भयो। ’
आइसीयुमा राखेर उपचार गर्ने क्रममा उनको मृत्यु भएको उनको उपचारमा संलग्न चिकित्सक पवन बरालले जनाए।
मृतक शाहको मृत्यु जुनियर डाक्टरको कारणले गलत औषधी चलाउदा र लाहपरबाहिको कारणले भएको आन्दोलनकारी विद्यार्थिले आरोप लगाएका छन्। विद्यार्थीहरुले बिहानैदेखी शाहको शब रहेको स्थल युसीएमएसमा घेराबन्दी गरेका छन्। आक्रोषित विद्यार्थिहरुले प्रशासन विरुद्ध नाराबाजी गर्दै आइसीयु कक्षका सिसाहरु समेत तोडफोड गरेका छन्। कलेजमा अध्ययरन अधिकांश विद्यार्थिहरु आन्दोलनमा उत्रीएपछि अस्पतालमा नेपाल प्रहरी र शसस्त्र प्रहरी परिचालन गरिएको छ।

विद्यार्थिहरुले मेडिकल माफिया मुर्दाबाद, मान्छे मार्न पाइदैन, यस्तो अस्पताल चाहिदैंन जस्ता नाराबाजी गरिरहेका छन्। प्रहरीले विद्यार्थिहरुलाई नियन्त्रणमा लिन लाठी चार्ज समेत गरेको छ। आन्दोलनकारीहरुले समाचार संकलनकोलागी गएका पत्रकारहरुलाई पनि द्रर्व्यवहार गरेका छन्। उनीहरुले एपीवान टिभीका पत्रकार राधेश्याम विकको क्यामरा समेत फुटेको छ।
यता अस्पताल प्रशासनले मृतक शाह पहिलेदेखी विरामी रहेको , उनको उपचारमा कुनै कमि नराखेको जनाएको छ। उनको मृत्यु प्रति दुखः व्यक्त गर्दै विद्यार्थिहरुलाई संयमीत हुन प्रशासनले आग्रह गरेको छ। आइसीयुमा तोडफोड हुदां भित्र रहेका विरामीहरुको उपचारमा समेत समस्या सृजना भएको छ।
जनकपुर पदमुक्काका शाह ३ महिनापछि दन्त चिकित्सक भएर निस्कीदैं थिए। घरको आर्थिक अवस्था समेत कमजोर भएका शाहको मृत्यु भएपछि अस्पतालमा आएकी उनकी आमा अर्धचेत अवस्थामा छिन्। बिहानै मृत्यु भएको विरामीको आइसीयुबाट शब समेत उठाएका छैन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४