सोमबार, साउन २५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • इच्छाराज तामाङले ऋण नतिरेपछि सीटीसी मल लिलामीमा बिक्री गर्दै सञ्चय कोष

इच्छाराज तामाङले ऋण नतिरेपछि सीटीसी मल लिलामीमा बिक्री गर्दै सञ्चय कोष

व्यवसायी तामाङसहितका व्यक्तिको सेयर स्वामित्व रहेको सिभिल इस्टेट्स प्रालिले कोषको ठूलो रकम नतिरेपछि सीटीसी मल लिलामीका लागि सूचना निकालिएको छ।
 |  सोमबार, वैशाख २६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २६, २०७९

काठमाडौं- बैंकिङ कसूरको आरोप लागेका इच्छाराज तामाङलगायतको लगानी रहेको काठमाडौंको सुन्धारास्थित ‘सिटिसी मल’ लिलामीका लागि  कर्मचारी सञ्चय कोषले सूचना निकालेको छ।

व्यवसायी तामाङसहितका व्यक्तिको सेयर स्वामित्व रहेको सिभिल इस्टेट्स प्रालिले कोषको ठूलो रकम नतिरेपछि सीटीसी मल लिलामीका लागि सूचना निकालिएको छ।

सञ्चय कोषले सोमबार सूचना जारी गर्दै ८२ हजार ९५ वर्ग फिट क्षेत्रफलमा रहेका १३२ पसल (कबल) लिलामी गर्ने जनाएको छ। सोमबारदेखि ३५ दिनभित्र लिलामीमा बोल कबोल गर्न सकिने सूचनामा उल्लेख छ।

सीटीसी मलमा व्यवसायी तामाङसहित केशवलाल श्रेष्ठ र प्रविण मुखियाको लगानी छ। कोषले गत मंसिरमै तामाङसहित तीनै जनाको नाममा सार्वजनिक सूचना जारी गरेको थियो।

कोषले ऋणको साँवा-ब्याज चुक्ता नगरेको भन्दै सिभिल इस्टेट्स प्रालि, त्यसका सञ्चालक तामाङ, उनका ससुरा केशवलाल र प्रवीण मुखियाको नाममा ३५ दिने सूचना जारी गरेको थियो।

सिभिल सहकारीका निक्षेपकर्ता ठगी गरेको अभियोगमा तामाङलाई गत असोजमा प्रहरीले पक्राउ गरेको थियो।

प्रकाशित: May 09, 2022| 15:53 सोमबार, वैशाख २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।