शुक्रबार, जेठ १, २०८३

रगत परीक्षण गर्ने दुई मेसिन वीर अस्पताललाई हस्तान्तरण

अस्ट्रेलियाबाट अमेजिन प्यारेन्स संस्था उपलब्ध गराएको ती मेसिन गरिब र असहायहरुले उपचार गरिरहेको वीर अस्पताललाई उपलब्ध गराइएको संस्थाका प्रमुख संरक्षक कोइरालाले बताए।
 |  सोमबार, वैशाख २६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २६, २०७९

National life

काठमाडौं- सामाजिक संस्था ईश्वर मन्दिरले दुई वटा इलेक्ट्रोलाईट एनलाईजर वीर अस्पताललाई उपलब्ध गराएको छ। सोमबार एक कार्यक्रममा बीच संस्थाका प्रमुख संरक्षक एवम् पूर्वअर्थमन्त्री शंकरप्रसाद कोइरालाले रगत परीक्षणका लागि उपयोगी मेसिन अस्पतालका निर्देशक डा. भुपेन्द्र बस्नेतलाई ती उपकरण हस्तान्तरण गरेका हुन्। 

अस्ट्रेलियाबाट अमेजिन प्यारेन्स संस्था उपलब्ध गराएको ती मेसिन गरिब र असहायहरुले उपचार गरिरहेको वीर अस्पताललाई उपलब्ध गराइएको संस्थाका प्रमुख संरक्षक कोइरालाले बताए। 

यता, अस्पतालका निर्देशक बस्नेतले गरिबको जीवनरक्षाका लागि आवश्यक मेसिन उपलब्ध गराएको भन्दै संस्थाप्रति आभार व्यक्त गरे। सो संस्थाले नेपालको शिक्षा, स्वास्थ्य र भूकम्पपछिको पुनर्निर्माणमा काम गर्दै आएको छ।

प्रकाशित: May 09, 2022| 15:47 सोमबार, वैशाख २६, २०७९
प्रतिक्रिया दिनुहोस्