शुक्रबार, असार ५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • उपचारका लागि सहयोग खोज्दै कवि–पत्रकार राजेन्द्र तारकिणी

उपचारका लागि सहयोग खोज्दै कवि–पत्रकार राजेन्द्र तारकिणी

हाँडे रोगका कारण श्रवण शक्ति गुमाएका कवि राजेन्द्र गुमेको श्रवण क्षमता र आवाज फर्काउन लागिपरेका छन्।
 |  सोमबार, वैशाख २६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २६, २०७९

काठमाडौं– कवि तथा पत्रकार राजेन्द्र तारकिणी उमेरको १५ वर्षसम्म राम्रै सुन्थे, राम्रै बोल्थे। तर, एकदिन उनको जिन्दगीमा ठूलो बज्रपात पर्यो, जसका कारण उनले स्वर र श्रवणशक्ति दुवै गुमाए। 

National life

२०६३ सालको तिहारमा रेडियो नेपालबाट बजेको देउसी भैलोको गीत सुनेपछि उनले आजसम्म कुनै गीत सुन्न पाएका छैनन्। तर, अहिले पनि ती गीत गुन्जिरहेको मनले महसुस गर्छन्। भन्छन्, ‘ती कुराहरु सम्झिँदा पनि ऐंठन परेजस्तो हुन्छ।’

हाँडे रोगका कारण श्रवण शक्ति गुमाएका कवि राजेन्द्र गुमेको श्रवण क्षमता र आवाज फर्काउन लागिपरेका छन्। उपचारका लागि ‘आर्थिक संकलन अभियान’ चलाइरहेका छन्। स्थायी घर बैतडी भएका राजेन्द्रले त्रिवि शिक्षण अस्पतालका नाक, कान, घाँटी रोग विशेषज्ञ प्रा.डा. रविन्द्रभक्त प्रधानाङ्गसँग उपचार गराइरहेका छन्। 

डा. प्रधानाङ्गका अनुसार राजेन्द्रको दायाँ कानमा ‘क्लियर इम्प्लान्ट सर्जरी’ गरेको खण्डमा उनको श्रवणशक्ति पुनः प्राप्त हुने र बोलीमा समेत सुधार हुनेछ। तर, उपचारका लागि १८ लाख ५० हजार रुपैयाँ लाग्छ। अपरेसन सफल भयो भने नेपाल सरकारबाट ६ लाख रूपैयाँ अनुदान बापत पाए पनि १२ लाख रुपैयाँ उनले जुटाउनु पर्नेछ। उनको आर्थिक अवस्था कमजोर भएकोले त्यति रकम एकैपटक जुटाउन सकिरहेका छैनन्।  

उपचारका लागि १२ लाख रुपैयाँ जुटाउन सहयोग अभियान सञ्चालन गरेका छन् उनले। एक दशकदेखि पत्रकारिता, साहित्य लेखन तथा चित्रकलामा क्रियाशील राजेन्द्र कानको उपचार गराएर सुन्न सक्ने भएमा पहिलो आवाज बुवा र आमाको सुन्न चाहेको बताउँछन्। भन्छन्, ‘यदि सुन्न सक्ने भएँ भने पहिलो आवाज आमाबुवाको सुन्नेछु।’ 

Shivam cement

उनको उपचारका लागि सगरमाथा साहित्य प्रतिष्ठान, केन्द्रीय कमिटी युएईले सहयोग संकलन अभियान चलाएको छ। यसका साथै अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)को जापान च्याप्टरले पनि अभियान चलाइरहेको छ। यस्तै अन्य संघसंस्था र सहयोगी मनहरुसँग पनि उपचारका लागि सहयोग खोज्दैछन्।

२०६६ सालदेखि कविता लेख्दै आएका राजेन्द्रको ‘आमाको वेदना’ कविता संग्रह पहिलो कृति हो भने ‘नारी पूजा’ खण्डकाव्य २०६७ र ‘बहिरो जीवन’ मुक्तक संग्रह २०६८ प्रकाशित छन्। त्यसैगरी गैरसाहित्यतर्फ ‘विश्व–ब्रह्माण्डका रोचक रहस्यहरू–२०६७’ र ‘अनौठा कुरा, रोचक तथ्य–२०७३’ नामक दुई पुस्तक पनि प्रकाशित छन्।

प्रकाशित: May 09, 2022| 15:37 सोमबार, वैशाख २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।