शनिबार, वैशाख २९, २०८१

जिम्बावेलाई जित्न नेपाललाई ३३ ओभरमा २१४ रन चाहिने

नेपाल जिम्बावेबीच चलिरहेको एक दिवसीय सिरिजअन्तर्गतको अन्तिम खेलमा नेपालले २१४ रनको लक्ष्य पाएको छ।
 |  सोमबार, वैशाख २६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २६, २०७९

काठमाडौं– नेपाल र जिम्बावेबीच चलिरहेको एक दिवसीय सिरिजअन्तर्गतको अन्तिम खेलमा नेपालले २१४ रनको लक्ष्य पाएको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयकाे मैदानमा चलिरहेको खेलमा जिम्बावेले ३२ ओभर एक बलमा सम्पूर्ण विकेट गुमाएर २३१ रन बनाएपछि नेपालले २१४ रनको लक्ष्य पाएको हो।

triton college

बिहान साढे ९ बजे खेलको समय निर्धारण गरिए पनि मैदानको आउटफिल्ड खेल्न लायक नभएपछि खेल साढे दुई घण्टा धकेलिएको थियो। यसकारण एक दिवसीय खेललाई ३३ ओभरमा छोट्याइएको थियो।

आजको खेलमा युवा बलर किशोर महतोले सर्वाधिक पाँच विकेट लिए। उनले जिम्बावे ए का इनोसेन्ट किया, कुजाई मरुमानी, सेफस जुवाओ, टोनी मुन्योन्गा र ब्रान्डन मवुतालाई पेवेलियन फर्काएका थिए। उनको पाँच विकेट सहयोगमा नेपालले जिम्बावेलाई पाँच बल बाँकी रहँदै अलआउट गरेको थियो।

आजको खेलमा कप्तान सन्दीप लामिछाने भने विकेटविहीन भए। डिप एक्स्‍ट्रा कभरमा रहेका आसिफ शेखले इनोसेन्ट कियाको ब्याटबाट आएको बल क्याच गरेपछि नेपालले पहिलो विकेटको सफलता पाएको थियो। यससँगै चौथो ओभर दुई बलमा किशोर महतोको नाममा पहिलो विकेट गिरेको थियाे। 

छैटौं ओभरमा कभरमा रहेका नेपाली फिल्डरले दुई क्याच मिस गरेका थिए। यसकारण करण केसी पहिलो विकेट लिनबाट चुके। त्यस्तै, आसिफ शेख स्टम्पिङमा चुक्दा नेपालले विकेट गिराउने अर्को अवसर पनि गुमाएको थियो।

corrent noodles
Metro Mart

नेपालविरुद्ध जिम्बावेले १० ओभरमै ८७ रन पूरा गरेको थियो। त्यस्तै ताडिवान्सी मरुमानीले ११ औंभरमा ३० बल खेल्दै ५० रन पूरा गरे। यसअघि फिल्डिङमा गल्ती भए पनि १२ औं ओभरमा फिल्डर रोहित पौडेलले गल्ती गरेनन्। कभरमा रहेका पौडेलले दिपेन्द्र सिंह ऐरीको बलमा पौडेलले क्याच गर्दै मरुमानीलाई पेभेलियन पठाएका थिए।

त्यस्तै लङ अनमा रहेका किशोर महतोले कुजाई माउन्जीको ब्याटबाट आएको बल क्याच गरेपछि जिम्बावेले १३ ओभर चार बलमा तेस्रो विकेट गुमाउँदा १०३ रन बनाएको थियो। नेपालले अर्को सफलता १७ ओभरमा पायो। यसपटक भर्खरै मैदानमा आएका जोनाथान क्याम्पबेललाई सोमपाल कामीको बलमा करण केसीले क्याचआउट गराए। यो सोमपालको पहिलो विकेट थियो। यसअघि नै किशोर महतोले दुई विकेट गिराइसकेका थिए।

त्यसपछि करण केसीको बलमा सेफस जुवाओलाई किशोरले क्याचआउट गराएका थिए। किशोर महतोको चौथो विकेट भने लङअनमा रहेका कुशल भुर्तेलले क्याच गरेका थिए। किशोरले चौथो विकेटका रुपमा टोनी मुन्योन्गालाई आउट गराएका थिए। पेवेलियन फर्किनुअघि मुन्योन्गाले १२ बलमा २४ रन बनाइसकेका थिए।

खेलमा लुके जोन्वेले १९ रन बनाएका थिए। जोन्लेलाई चाहिँ करण केसीले कुशलको हातबाच क्याचआउट गराए। नेपाललाई बलियो लक्ष्य प्रदान गर्ने क्रममा जिम्बावेका मरुमानीले ५० रन बनाए भने मउन्जेले ३९ र रन आउट भएका रोय काइयाल ३६ रनको योगदान दिए।

नेपालले यसअघिको एक खेलमा जित निकालेको थियो भने एक खेलमा हार बेहोरेको थियो। अहिलेसम्म सिरिज १–१ को बराबरीमा छ।

प्रकाशित: May 09, 2022| 15:24 सोमबार, वैशाख २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।