भैरहवा- युनिभर्सल कलेज अफ मेडिकल साइन्जेस शिक्षण अस्पताल (युसीएमएस) भैरहवामा आन्दोलनरत विद्यार्थीहरुले पत्रकारहरु राधेश्याम विश्वकर्मा, दिपक घिमिरे र सलमान खानलाई दुर्व्यवहार गरेको तथा क्यामेरा तोडफोड गरेको प्रति पत्रकार महासंघ रुपन्देही र लुम्बिनी प्रेस क्लबले छुट्टाछुट्टै विज्ञप्ति निकालेर गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
पत्रकारहरुले समाचार संकलन गर्ने क्रममा दुर्व्यवहार गरेको तथा तस्बिर खिच्न रोक लगाएको एवं क्यामरालाई क्षति हुनेगरी तोडफोड गरेको भन्दै महासंघका अध्यक्ष यानेन्द्र जिसी र सचिव रामप्रसाद आचर्यले विज्ञप्ती निकालेर भत्र्सना गरेका हुन्। यसैगरी प्रेस क्लबले पनि घटनाको भत्र्सना गरेको छ।
दुबै विज्ञप्तिमा दोषीलाई कारबाहिको माग गर्दै क्षति भएको क्यामेराको क्षतिपूर्ति दिलाईदिन युसीएम प्रशासन , आन्दोलनरत विद्यार्थि र जिल्ला प्रशासनसंग माग गरिएको छ। विज्ञप्तिमा उक्त घटनाले स्वतन्त्र रुपमा समाचार संकलन गर्ने अधिकार हनन भएको भन्दैं आपत्ति पनि प्रकट गरिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४