बुधबार, असार ३१, २०८३

मिथिलामा मधुश्रवाणी पर्व मनाइँदै

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
जनकपुरधाम- पतिको दिर्घायुको कामना गर्दै मनाइने मधुश्रावणी पर्वको जनकपुरसहित मिथिला क्षेत्रका गाउँ नगर बस्तीमा रौनक बढीरहेको छ।  पर्वमा रमेका नवविवाहिता महिलाहरुको जत्था नै श्रृंगारिक गीतमा लय बाँध्दै घर बाहिर निस्केपछि यस पर्वको रौनकतामा थप उर्जा थपिएको हो। 

मिथिला परम्परा अनुसार मैनापञ्चमी भनिने श्रावण कृष्ण पञ्चमीदेखि श्रावण शुक्ल तृतियासम्म मनाइने यस पर्वमा नवविवाहिता महिलाले शिव पार्वती र नाग देवताको पूजा अराधना गर्ने परम्परा छ। गाउँका साथीहरुसँग गीत गाउँदै पूजा अराधानाको मुख्य सामग्री फूल टिप्न निस्केका नवविवाहिता महिलाहरुको रसिक गीतको सामूहिक लयले बाटो हिँड्ने जो सुकैको मन तानेको हुन्छ।

विवाह भएको वर्षमा पहिलो पटक आउने यस तिथीमा मनाइने यो पर्व नव विवाहिताले माइती घरमै मनाउने गरेपनि पर्वका सारा सामाग्री भने पतिले पठाएका नै प्रयोग गर्ने परम्परा रहेको व्रतालु महिलाहरुले बताए।

हरेक दिन साँझ श्रृंगारिएर साथीहरुसँग रमाइलो ठठ्ठा गर्दै गीत गाउँदै व्रतालु महिलाहरु छरछिमेक, मठमन्दिर र फूलबारीबाट टिपेर ल्याएको फूलले अर्को बिहान पूजा आराधना गर्ने परम्परा रहेको जनकपुर-४ बस्ने ब्रतालु मिनु कर्णले बताइन्।
खास गरेर वैवाहिक जीवन भर्खर शुरु गरेका महिलाले सफल प्रेमपूर्ण जीवनको कामना नै यो पर्वको अभिष्ठ हुने गरेको संस्कृतिविदहरु बताउँछन्। त्रेतायुगमा माता सीताले समेत गौरी अर्थात पार्वतीको पूजा गरेको जनविश्वास तथा पति तथा परिवारको दिर्घायुको कामना गर्दै यो पर्व मनाउने गरिएको जनकपुर–१२ बस्ने इन्दु देवीले बताइन्। पर्वमा माइतीघर गएकी आफ्नी नवविवाहिता पत्नीका लागि लगाउने नयाँ वस्त्र, मिष्ठान परिकारसहितका खाद्यसामग्री र आभूष्ण पतिले पु¥याइदिने परम्परा रहेको इन्दूले बताइन्।

विगतमा यस क्षेत्रका ब्राह्मण, कायस्थ, राजपुत र सोनार जातीले मात्र मनाउने यो पर्व पछिल्लो एक दशकदेखि सबै जातजातीमा लोकप्रिय हुँदै गएको छ। यसअघि तराईमा मात्र मनाइने मधुश्रावणी पर्व काठमाण्डौ बस्ने मिथिलाञ्चलकी नारीहरुले समेत मनाउन थालेका छन्।

पर्वमा साथी संगिनीहरुसँग हुने संगीतपूर्ण जमघटको रमाइलो र यो व्र्रत गर्नाले वैवाहिक जीवन प्रेमपूर्ण हुनुका साथै पति तथा परिवारका सदस्यहरुको दिर्घायुहुने जनविश्वासका कारण मधुश्रावणीले  व्यापकता पाउँदै गएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।