काठमाडौं- नेप्से परिसूचक १.४३ अंकले घटेको छ। यस हप्ताको शुरु दिन नेपाल स्टक एक्स्चेन्ज (नेप्से) बजारमा आएका अधिकांश समूह रातो भएपछि परिसूचक घटेको हो।
परिसूचक १.४३ अंक घटेर एक हजार १८९.८८ बिन्दुमा पुगेको छ। १६० कम्पनीहरुको २ हजार ९८९ शेयर ५ लाख ९७ हजार ५९७ पटक खरिद बिक्रीबाट १६ करोड ७० लाख ४९ हजार ६८४ रुपैयाँ बराबरको शेयर कारोबारको भएको छ।
‘क’ वर्ग कम्पनी मापन गर्ने सेन्सेटीभ इण्डेक्स समेत ०.१८ प्रतिशत घटेर २५०. ९७ अंकमा पुगेको छ। आइतबार नेप्से बजारमा आएका दश समूहको परिसूचक मध्ये पाँच समूको घटेको छ भने पाँच समूहकै परिसूचक बढेको छ।
बैंकीङ समूहको परिसूचक ३.५१, हाइड्रोपावरको समूहको परिसूचक ५.६५, फाइनान्सको ०.९७, ननलाईफ इन्सोरेन्सको ३०.९२ र उत्पादनमुलक समूहको परिसूचक २०.०६ अंक घटेको छ। होटल, विकास बैंक, अन्य समूह, माइक्रोफाइनान्स र लाईफ इन्स्योरेन्स समूहको परिसूचक भने बढेको छ।
यी कम्पनीका लगानीकर्ताले बेहोरे घाटा
सबैभन्दा बढी आईएमई जनरल इन्स्योरेन्सको लागानीकर्ताले ५.३० प्रतिशत घाटा बोहोरेका छन्।
त्यसपछि प्रोगेसिभ फाइनान्स लिमिटेडको लागानीकर्ताले ५.२६, राइराङ हाइड्रोपावर डेम्लप्मेन्ट कम्पनीको लगानीकर्ताले ३.७५, माहुली समुदायिक लघुविक्त वित्तीय संस्थाले ३.६९, लक्ष्मी भ्यालु फण्डले ३.५६, रीडी हाइड्रोपावर डेभ्लप्मेन्ट कम्पनीको लगानीकर्ताले ३.३६ प्रतिशत घाटा बेहोरेका छन्।
नगदी ग्रुप पावरको लगानीकर्ताले ३.०३, स्ट्याण्डर चाटर्ड बैंकले २.८१, स्वरोजगार लघुविविक्त विकास बैंकले २.७६, जनउत्थान सामुदायिक लघुविक्त विकास बैंकका लगानीकर्ताले २.३९ प्रतिशत घाटा बेहोरेका छन्।
यीबाहेक नेप्से बजारमा आएका अन्य विभिन्न कम्पनीका लगानीकर्ताहरुले घाटा बेहोरेका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४