आइतबार, मंसिर ७, २०८२

आइपिएलमा बैंगलोर र चेन्नईको जित

वांखडे रंगशालामा राति भएको आईपीएलको ५४औं खेलमा बैंगलोरले सनराइजर्स हैदराबादलाई ६७ रनले हराएको हो।
 |  सोमबार, वैशाख २६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २६, २०७९

काठमाडौं- इन्डियन प्रिमियर लिग (आईपीएल) को आइतबार राति सम्पन्न दुई खेलमा रोयल च्यालेन्जर्स बैंगलोर र चेन्नई सुपर किंग्सले जित निकालेका छन्। वांखडे रंगशालामा राति भएको आईपीएलको ५४औं खेलमा बैंगलोरले सनराइजर्स हैदराबादलाई ६७ रनले हराएको हो।

National life

टस जितेर पहिले ब्याटिङ गरेको बैंगलोरले पुरा ओभर खेल्दै तीन विकेट गुमाइर १९२ रन बनाएको थियो। जवाफमा हैदराबाद चार बल बाँकी रहँदै १२५ रन बनाएर अलआउट भयो। बैंगलोरका वानिन्दूले सर्वाधिक पाँच विकेट लिए। यता पहिलो पारीमा अविजित रहेका फाफ डु प्लेसिसले ७३ रन बनाएका थिए।

आइतबार रातिकै ५५ औं खेलमा भने चेन्नईले दिल्ली क्यापिटललाई ९१ रनले हाराएको छ। डी वाई पाटिल रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले २०८ रन बनाएको थियो। जवाफमा दिल्ली क्यापिटल १७ ओभर चार बलमै अलआउट भएर ११७ रन मात्र बनाउन सक्यो।

यससँगै चेन्नईले सानदार जित निकालेको हो। चेन्नईका लागि ७८ रन बनाउने डेवोन कोन्वे प्लेयर अफ दि म्याच बने। दोस्रो पारीमा चेन्नईका मोइन अलीले सबैभन्दा धेरै तीन विकेट लिए। यो जितसँगै बैंगलोर चौथो स्थानमा छ भने चेन्नईले पुछारबाट तेस्रो स्थानमा छ।

प्रकाशित: May 09, 2022| 10:23 सोमबार, वैशाख २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।