शुक्रबार, असार ५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • दुई वर्षपछि लुम्बिनीमा बुद्धजयन्ती उत्सवमय रूपमा मनाइँदै

दुई वर्षपछि लुम्बिनीमा बुद्धजयन्ती उत्सवमय रूपमा मनाइँदै

कोरोना महामारीका कारण दुई वर्षसम्म रोकिएको बुद्धजयन्ती यो वर्ष धूमधामसँग मनाइने भएको छ। लुम्बिनी विकास कोषले २५६६औं बुद्धजयन्ती विशेष उत्सवका साथ मनाइने भएको जनाएको छ।
 |  सोमबार, वैशाख २६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २६, २०७९

बुटवल- कोरोना महामारीका कारण दुई वर्षसम्म रोकिएको बुद्धजयन्ती यो वर्ष धूमधामसँग मनाइने भएको छ। लुम्बिनी विकास कोषले २५६६औं बुद्धजयन्ती विशेष उत्सवका साथ मनाइने भएको जनाएको छ। 

National life

विकास कोषले आइतबार रुपन्देही, कपिलवस्तु र नवलपरासीका पत्रकारहरूसँग भेटघाट गरी बुद्धजयन्तीका अवसरमा चार दिनसम्म विभिन्न कार्यक्रम गरी मनाइने जनाएको हो।

बुद्धको जन्म, वोधिज्ञान प्राप्ति र महापरिनिर्वाणको त्रियोग परेको दिन अर्थात् वैशाख पूर्णिमाको दिन बुद्ध जयन्ती ‘वैशाख डे’ र लुम्बिनी दिवस भव्यताका साथमा मनाइने लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले बताए।

लुम्बिनीमा बुद्ध जयन्ती औपचारिक कार्यक्रम ज्येष्ठ १ गते देखि ४ गते सम्मको कार्यक्रम सार्वजनिक गरेको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आलेको संयोजकत्वमा मूल समारोह समिति गठन गरेर विभिन्न उपसमिति गठन गरिएको शाक्यले बताए।

विश्वमा २ वर्षदेखि कोरोना महामारीका  कारण बुद्ध जयन्तीलाई उल्लासपूर्वक मनाउन नपाएकाले यो वर्ष पुरानै अवस्थाबाट बुद्धजयन्ती मनाउने तयारी गरिएको  सदस्य सचिव शाक्यले बताए। 

Shivam cement

बुद्धजयन्तीको अवसरमा लुम्बिनीमा सम्पन्न ५ हजार क्षमताको अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन तथा ध्यान केन्द्र हलको उद्घाटन गर्ने कार्यक्रम रहेको छ। ध्यानकेन्द्रको प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम रहेको छ।

२५६६औं बुद्ध जयन्तीकै अवसरमा ज्येष्ठ १ गते रामग्राम देवदहमा विशेष कार्यक्रम तथा दीप प्रज्वलन एव देवदहको भवानीपुरमा बिहान बौद्ध पूजा तथा दीप प्रज्वलन गरिने छ। रामग्राम नवलपरासीमा १ ज्येष्ठ साँझ ४ बजेबाट बौद्ध प्रवचन तथा दीप प्रज्वलन, २ गते रामग्राम नगरपालिकाद्वारा रामग्राम दिवस, भोजनदान सम्बन्धी कार्यक्रम रहेको छ। 

ज्येष्ठ २ गते बिहान ६ बजे मायादेवी परिसरमा बुद्ध पूजा तथा परित्राण पाठ बिहान ७ बजे मायादेवी परिसरदेखि शान्ति दीप सम्म शोभा यात्रा गरिनेछ। बिहान १० बजे देखि इष्ट मोनाष्टिक जोनको कम्बोडिया मोनाष्ट्रि र इष्ट पोण्डमा भोजन दान, दिउँसो २ बजे अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन तथा ध्यान हलमा २५६६औं बुद्ध जयन्ती समारोह प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा तथा विशिष्ट अतिथिहरूको उपस्थितिमा विशेष समारोह गरी मनाइने शाक्यले बताए। 

यस्तै दिउसो ५ बजे देखि सोही हलमा सुरसुधाको सांगीतिक कार्यक्रमको प्रस्तुति, साँझ लुम्बिनीको मायादेवी परिसरमा दीप प्रज्वलन गरिने कार्यक्रम छ।

यसै गरी ज्येष्ठ ३ गते लुम्बिनी देखि कपिलवस्तु सम्म सिद्धार्थ गौतमको शोभायात्रा,प्राचीन शाक्य गणराज्यको राजधानी कपिलवस्तु तिलौराकोटलाई विश्व सम्पदामा सूचिकृत गर्ने सम्बन्धी देश विदेशका विज्ञहरूको सहभागितामा दुई दिने तिलौराकोट सम्मेलन गरिने लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डीराज भट्टराई (सिद्धिचरण) ले बताए। 

लुम्बिनीलाई विश्वका बौद्धमार्गीहरुको उद‍्गम भूमि बनाउने गरी प्रचारप्रसारको खाँचो रहेको उनले बताए। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल समेत सञ्चालनमा आएसँगै मनाइन लागिएको बुद्धजयन्ती विशेष उत्सवमय हुने अपेक्षा गरिएको छ।

प्रकाशित: May 09, 2022| 10:03 सोमबार, वैशाख २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।