आइतबार, मंसिर ७, २०८२

ला लिगामा रियल मड्रिड एट्लेटिकोसँग पराजित

स्पोनिस शीर्ष डिभिजन फुटबल लिग ला लिगामा शीर्षस्थानको रियल मड्रिड चौथो स्थानको एट्लेटिको मड्रिडसँग आइतबार राति पराजित भएको छ।
 |  सोमबार, वैशाख २६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २६, २०७९

काठमाडौं- स्पोनिस शीर्ष डिभिजन फुटबल लिग ला लिगामा शीर्षस्थानको रियल मड्रिड चौथो स्थानको एट्लेटिको मड्रिडसँग आइतबार राति पराजित भएको छ। एट्लेटिकोको वान्डा मेट्रोपोलीटानो रंगशालामा आइतबार राति सम्पन्न मड्रिड डर्बीमा उपाधि विजेता रियलले १-० को साँघुरो हार बेहोरेको हो।

National life

खेलमा अधिक समय बल नियन्त्रणमा राखे पनि रियलले गोल गर्न सकेन। उसले एट्लेटिकोको पोस्टमा छ पटक अटेम्पट गरे पनि कुनै प्रयास सफल भएनन्। यता एट्लेटिकोले भने खेलको ४०औं मिनेटमा पाएको पेनाल्टीको अवसरमा गोल गर्दै जित निकालेको छ।

एटेलेटिकोका लागि यान्नि करास्कोले गोल गरेका थिए। रियल मड्रिडले यसअघि च्याम्पियन्स लिगको खेलमा घरेलु मैदानमै म्यानचेस्टर सिटीलाई समग्रमा ६,५ गोलले हराउँदै च्याम्पियन्स लिगको फाइनलमा स्थान बनाइसकेको छ।

यता उसले चार खेल अगावै ला लिगाको उपाधि पनि जितिसकेको छ। उपाधि विजेता रियल अहिले ३५ खेलबाट ८१ अंकका साथ लिग लिड गरिरहेको छ। दोस्रो स्थानको बार्सिलोनाको ६९ अंक छ भने सेभियाको ६५ अंक छ। यो जितसँगै ६४ अंक बनाएको एट्लेटिको चौथो स्थानमा छ।

शनिबार रातिको खेलमा जित निकाल्दै बार्सिलोनाले अर्को सिजनको च्याम्पियन्स लिगमा स्थान सुरक्षित गरेको छ। ला लिगाबाट च्यासम्पियन्स लिगमा स्थान सुरक्षित गर्ने बार्सिलोना दोस्रो टिम भएको छ। उपाधि जितेसँगै रियलले पनि च्याम्पियन्स लिगमा स्थान पक्का गरेको थियो।

Laxmi sunrise bank
kumari

प्रकाशित: May 09, 2022| 09:42 सोमबार, वैशाख २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।