बुधबार, असार ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • गंगामाया अधिकारीका बेपत्ता छोरा प्रहरी नियन्त्रणमा

गंगामाया अधिकारीका बेपत्ता छोरा प्रहरी नियन्त्रणमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- चार वर्षदेखि बेपत्ता रहेका गंगामाया अधिकारीका छोरा नुरप्रसादलाई प्रहरीले फेला पारेको छ । 

काठमाडौं सानेपामा भेटिएका उनलाई महानगरीय प्रहरी अपराध महाशाखामा राखिएको छ । उनलाई मानव अधिकारकर्मीको रोहबरमा आमा गंगामायालाई बुझाउने तयारी भइरहेको महाशाखाका प्रमुख एसएसपी धीरजप्रताप सिंहले नेपाल समयलाई जानकारी दिए । 

प्रहरीसँग रहेका उनले आफ्नो सुरक्षाका कारण काठमाडौंका विभिन्न ठाउँमा कोठा सर्दै बसेको बताएका छन् । पछिल्लो समय भने उनी ललितपुरको सानेपास्थित आफन्तकोमा बस्दै आएका थिए । 

छोरा कृष्णप्रसाद अधिकारीको हत्यारालाई कारवाही गर्नुपर्ने मागसँगै अनशनमा बसेका नुरप्रसादका बाबु नन्दप्रसादले अनशनकै क्रममा ज्यान गुमाएका थिए । 

नन्दप्रसादको निधन भएपछि समस्या समाधानका लागि सरकारले वार्ताको पहल गर्दैगर्दा उनी बेपत्ता भएका थिए । 

पछिल्लो समय अनशनमा बसेकी गंगामायासँग बेपत्ता रहेको छोरा नुरप्रसादको खोजविन गर्ने तथा हत्याको आरोप लागेकालाई कारवाही गर्नुपर्ने साथै हत्या गरिएका कृष्णप्रसाद तथा नन्दप्रसादको नाममा अक्षयकोष स्थापना गर्नुपर्ने सहमतिपछि उनले अनशन तोडेकी थिइन् । 

सोही सम्झौताअनुसार सरकार र मानवअधिकार आयोगको आग्रहमा प्रहरीको अपराध महाशाखाले खोजी तीव्र बनाएको थियो । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।