शनिबार, साउन १२, २०८१

जब भोट माग्दामाग्दै ढले माओवादी उम्मेदवार

यता माओवादी केन्द्र हरिवनले चुनावी हारबाट तिलमिलाएका केही दलका अपराधीहरुले योजनाबद्ध तरिकाले मिठाइमा विष खुवाएर ज्यान मार्ने उद्देश्य राखेको आरोप लगाएको छ। ‘अँध्यारो कोठामा बसेर ज्यान मार्ने अपराधको योजना बनाउने र अपराध गर्ने जोकोही भएपनि छानबिन गरी कारबाही गर्न प्रहरी प्रशासनलाई अनुरोध गर्दछु,' हरिवन माओवादी नगर अध्यक्ष हरि पन्तले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
 |  आइतबार, वैशाख २५, २०७९

अनिल यादव

अनिल यादव

आइतबार, वैशाख २५, २०७९

आइतबार दिउँसो सर्लाही हरिवन नगरपालिका-११ मा माओवादी केन्द्रका मेयर उम्मेदवारको घरदैलो कार्यक्रम भइरहेको थियो। मेयरका उम्मेदवार कमल बुढाथोकीसहित थुप्रै स्थानीय माओवादी नेता तथा कार्यकर्ता त्यहाँ सहभागी थिए। घरदैलो भएकाले ‘नमस्कार गर्दै, भोट माग्दै’ सबैको घरघर पुग्नु स्वाभाविक नै थियो। 

triton college

त्यही क्रममा नजिकै रहेको वडा नम्बर ७ का अध्यक्षका प्रत्यासीले मेयर बुढाथोकीलाई आग्रह गरे, ‘कमरेड, एकछिन यता पनि आएर सम्बोधन गर्दिनुपर्‍यो।’ 

‘ठिकै छ नि त’ भनेर मेयर उम्मेदवार बुढाथोकी वडा नम्बर ११ का अध्यक्ष उम्मेदवार शेख इस्तेहारसहितको टोली लिएर वडा-७ मा पुगे। त्यहाँ पुगेको करिब १५-२० मिनेट मात्रै भएको थियो, एकाएक वडाअध्यक्ष उम्मेदवार इस्तेहार हिँड्दाहिँड्दै बाटोमै ढले। त्यसपछि क्रमशः महिला सदस्य उम्मेदवार पूर्णिमा भण्डारी र ओमप्रकाश शाहसहित घरदैलो हिँडेका माओवादी कार्यकर्ता शेष आरिफ, रिजमान शेष, दीलिप खड्का र हरि लामालाई रिंगटा लाग्यो, बाटैमा बेहोस हुन थाले। 

तत्कालै उनीहरुलाई नजिकैको स्थानीय माओवादी नेताकै स्वाभिमान अस्पतालमा लगियो। त्यहाँ पुगेपछि चिकित्सकले भने, ‘बिरामीको घाँटी सुनिएको छ, यो त विषको संकेत हो।’ त्यसपछि त हरिवनका माओवादी कार्यकता आक्रोश भए। केही बेर हरिवनको सडकमा चक्काजाम र नाराबाजी भयो। 

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एसपी प्रवीण पोखरेल घाइतेमध्ये वडाध्यक्ष उम्मेदवार इस्तेहारसहित दुई जनालाई वीरगञ्ज अस्पताल रिफर गरिएको छ। अन्यको अवस्था भने सामान्य देखिएकाले स्वाभिमानमा मै राखिएको छ। ‘तर, कोही पनि गम्भीर अवस्थामा चाँहि हुनुहुन्न भन्ने खबर आ’को छ,’ एसपी पोखरेले भने, ‘घरदैलोको क्रममा मतदाताले कतै कोक, फेन्टा त कतै लड्डु खुवाएको भन्ने कुरा छ। वडाध्यक्षका उम्मेदवारले चाँहि हस्पिटलमै पनि वान्ता गर्नुभएको थियो। हामी त्यस वान्तालाई उठाएर ल्याब टेस्टका लागि पठाएका छौं। त्यसको परिणाम आएपछि विष हो/होइन प्रमाणित हुन्छ।’ 

Metro Mart
vianet

यता माओवादी केन्द्र हरिवनले चुनावी हारबाट तिलमिलाएका केही दलका अपराधीहरुले योजनाबद्ध तरिकाले मिठाइमा विष खुवाएर ज्यान मार्ने उद्देश्य राखेको आरोप लगाएको छ। ‘अँध्यारो कोठामा बसेर ज्यान मार्ने अपराधको योजना बनाउने र अपराध गर्ने जोकोही भएपनि छानबिन गरी कारबाही गर्न प्रहरी प्रशासनलाई अनुरोध गर्दछु,' हरिवन माओवादी नगर अध्यक्ष हरि पन्तले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। 

प्रकाशित: May 08, 2022| 20:55 आइतबार, वैशाख २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...