आइतबार, मंसिर ७, २०८२

एन्फामा प्रशिक्षक-खेलाडी विवाद छानबिन गर्न ७ दिनको समय

विवादबारे छानविन गरी सत्यतथ्य पत्ता लगाउन राष्ट्रिय फुटबल टिमको पूर्व खेलाडी तथा नेपाली सेनाका अवकाशप्राप्त उपरथी भिक्टर राणाको संयोजकत्वमा तीन सदस्यीय कार्यदललाई सात दिनको म्याद दिइएको हो।
 |  आइतबार, वैशाख २५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख २५, २०७९

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) ले खेलाडी र प्रशिक्षकबीच चलिरहेको विवादको छानविन गर्नका लागि समितिलाई सात दिनको म्याद दिएको छ। 

National life

विवादबारे छानविन गरी सत्यतथ्य पत्ता लगाउन राष्ट्रिय फुटबल टिमको पूर्व  खेलाडी तथा नेपाली सेनाका अवकाशप्राप्त उपरथी भिक्टर राणाको संयोजकत्वमा तीन सदस्यीय कार्यदललाई सात दिनको म्याद दिइएको हो। 

एन्फाले आइतबार आपत्कालीन बैठक बोलाएर यो विषयमा छलफल गरेको थियो। र, आजको बैठकले यो छानबिन समिति गठन गरेको हो। ‘कार्यदलमा पूर्व नेपाली अन्तर्राष्ट्रिय तथा नेपाली सेनाका अवकाशप्राप्त मेजर जनरल भिक्टर राणा, पूर्व नेपाली अन्तर्राष्ट्रिय विदुर विष्ट र नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका उपाध्यक्ष दीपक थापा रहेका छन्,’ एन्फाले जारी गरेको सूचनामा लेखिएको छ,' ‘कार्यदलले प्रतिवेदन बुझाउन सात दिनको समय पाउनेछ । कार्यदलले तथ्य पत्ता लगाएर यस विषयमा एन्फालाई सुझाव दिनेछ।’

एएफसी एसियन कप २०२३ छनोटको तयारीमा अहिले बन्द प्रशिक्षणमा रहेका राष्ट्रिय टोलीका १० सदस्यले दुई हप्ताअघि राष्ट्रिय टिमको क्याम्पबाट बाहिरिएका थिए। 

राष्ट्रिय टिमको मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले पटक पटक प्रशिक्षण छोडेर जान भनेपछि बाहिरिएको खेलाडीले बताउँदै आएका छन्। खेलाडीहरुले पत्रकार सम्मेलन गर्दै यो विषय जानकारी दिएका हुन्। 

Laxmi sunrise bank
kumari

‘एन्फासमक्ष प्रस्तुत गरिएको ज्ञापनपत्रमा खेलाडीहरूले आफूहरूलाई शिविर छाड्न भनिएको दाबी गरेका थिए। टोलीका पदाधिकारीहरूलाई यसबारे जानकारी गराएको थियो,’ एन्फाको सूचनामा लेखिएको छ।

विवाद बाहिरिएपछि एन्फाले मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीलाई पनि जवाफ पठाउन भनेको थियो। अलमुताइरीले एन्फालाई पत्र लेख्दै उनीहरुलाई प्रशिक्षणमा नबोलाउने जानएका छन्।

प्रकाशित: May 08, 2022| 20:03 आइतबार, वैशाख २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।