बुधबार, असार ३१, २०८३

जाजरकोटको पहिरो : आठको मृत्यु, एक बेपत्ता

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
 जाजरकोट- अपडेट : जाजरकोटको भेरी नगरपालिका-३ मा गएको पहिरोमा परी ज्यान गुमाएका आठमध्ये सात जनाको सनाखत भएको छ। पहिरोमा परी एकै घरका तीन छोरी र श्रीमतीको मृत्यु भएको छ भने श्रीमान घाइते भएका छन् । 

पहिरोमा परी ज्यान गुमाउनेमा भेरी नगरपालिका-६ गंगटियाका शितला लुहार उनका छोरीहरु भावना, रञ्जना र मनिषा छन् । उनका श्रीमान खड्गबहादुर लुहारको भने जीवितै उद्धार गरिएको छ । मजदुरी गर्दै आएका उनीहरु सबै तिर्थराज बोहोराको घरमा डेरागरी बसेका थिए । 

त्यस्तै भेरीनगरपालिका-३ घरमूली तिर्थराज बोहोराकी छोरी नग्मा बोहरा र सोही ठाउँका नरेन्द्र परियार र नविन परियारको पहिरोमा परेर ज्यान गएको प्रहरीले जनाएको छ । मृत्यु हुने एकजनाको परिचय खुल्न सकेको छैन । 


बेपत्ता रहेका गोविन्द परियारको नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयबासीले खोजी जारी राखेका छन् । अहिले पनि अविरल वर्षा जारी रहेकाले केही बेर खोजीकार्य स्थगित गरिएको छ । सोमबार बिहानैदेखि पुनः खोजी कार्य गर्ने जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख प्रहरी नायव उपरीक्षक रवीन्द्र बहादुर सिंहले नेपाल समयलाई जानकारी दिए । 

मृत आठै जनाको शव जिल्ला अस्पताल जाजरकोट पुर्‍याइएको छ।  

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।