शनिबार, मंसिर १३, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • बुटवलमा ओलीले भने– गृहमन्त्रीको जिल्ला भनेर धाक लगाउन पाइँदैन

बुटवलमा ओलीले भने– गृहमन्त्रीको जिल्ला भनेर धाक लगाउन पाइँदैन

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले एक्लै काफी भएको बताएका छन्। उनले एमालेको विजयी यात्रा वैशाख ३० पछि शुरु हुने दाबी गरे।
 |  आइतबार, वैशाख २५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख २५, २०७९

बुटवल– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले एक्लै काफी भएको बताएका छन्। उनले एमालेको विजयी यात्रा वैशाख ३० पछि शुरु हुने दाबी गरे।

National life

नेकपा एमालेले आइतबार बुटवलमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले पञ्चमुखी गठबन्धनलाई परास्त गर्ने बताए। ‘परमादेशी सरकारलाई वैशाख ३० गते एमालेले उखेलेर फाल्छ,’ उनले भने। उनले अहिलेको गठबन्धनले नेपाली जनतालाई झुक्याउन नसक्ने बताए। 

‘१ शेर एकातिर १० वटा स्याल एकातिर हो,’ ओलीले भने, ‘जस्तोसुकै गठबन्धनका लागि एमाले एक्लै काफी छ, यो जनताको पार्टी हो।’ उनले आफू देशका विभिन्न ठाउँ घुमेको बताउँदै एमालेप्रति नागरिकको लहर रहेको बताए। उनले स्थानीय तहबाटै विजयी यात्रा शुरू गर्ने दाबी गरे।

अध्यक्ष ओलीले निर्वाचन स्वतन्त्र र धाँधलीरहित बनाउन सबै चनाखो हुनुपर्ने भन्दै कसैले गृहमन्त्रीको जिल्ला हो भनेर धाक नलाउन चेतावनी दिए। ‘सबै राष्ट्रसेवकले यसमा ध्यान दिनुपर्नेछ। यो जिल्ला गृहमन्त्रीको मात्रै होइन तपाईं सबैको हो,’ उनले भने। अध्यक्ष ओलीले नेकपा एमालेले लिएको नीति, विकास र राष्ट्रिय एकताको नेतृत्व नै आफूहरूको जित्ने आधार भएको जिकिर गरे।

वर्तमान गठबन्धन सत्ता स्वार्थ, नातागोता सेटिङ पहिलो भएको अध्यक्ष ओलीको भनाइ छ। उनले जनता तर्साएर यो पटक चुनाव जित्न नसक्ने बताए। नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डतर्फ इंगित गर्दै ओलीले भने, ‘भरतपुरमा भोट माग्न गएका एक नेताले जनतालाई तर्साएछन्, जनता तर्साउने बानी अझै गएको रैनछ, मेरो छोरी नजिताए देश बिग्रने, छोरी जिताए २० वर्ष गठबन्धन टिकाउने घोषणा गरेछन्,’ उनले भने, ‘गठबन्धन त्यो समयसम्म गए देशको अवस्था के होला? हामीलाई देशको चिन्ता छ।’ उनले सुकुम्बासीको दीर्घकालीन समाधानका लागि विशेष योजना बनाएको बताए। 

Laxmi sunrise bank
kumari

बुटवल उपमहानगरका उम्मेदवारलाई उत्साह जगाउन बुटवल आएका ओलीले पाँच दलीय गठबन्धनलाई परास्त गर्ने बताए। ‘विगतमा जस्तै बुटवललाई लालकिल्ला कायम राख्छौं,’ उनले भने। जनताको काम गरेर मन जितेको एमालेलाई पदका लागि गरिएको गठबन्धनले केही क्षति नपुर्याउने उनको दावी छ। 

बुटवलको लुम्बिनी वाणिज्य क्याम्पसको खेल मैदानमा बिहान ११ बजेदेखि सुरु हुने भनिएको कार्यक्रम ३ घण्टापछि शुरु भएको थियो। निर्धारित समयभन्दा ३ घण्टा पछि दिनको दुई बजे औपचारिक कार्यक्रम सुरु भएको थियो। 

अघिल्लो दिन सोही ठाउँमा पाँच दलीय गठबन्धनले चुनावी सभा गरेको थियो। उक्त सभामा एमाले उपाध्यक्ष विष्णु पौडेलले चुनावी सभा हेर्न भोलि आउनु भनेका थिए। तर, जनसहभागिता कम भएपछि पौडेल बोलेनन्। अध्यक्ष ओलीले चितवनको सभालाई सम्बोधन गरेर मात्रै बुटवल आउने भएपछि उपाध्यक्ष विष्णु पौडेल ओलीलाई बुटवलमा स्वागतका लागि पर्खिरहेका थिए।

प्रकाशित: May 08, 2022| 17:46 आइतबार, वैशाख २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।