बुधबार, असार ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • डोटीको वोगटान गाउँपालिकाको नाम अब 'वोगटान फुडशिल' हुने

डोटीको वोगटान गाउँपालिकाको नाम अब 'वोगटान फुडशिल' हुने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
धनगढी-आइतबार बसेको प्रदेश नम्वर ७ को मन्त्रिपरिषद् बैठकले डोटीको वोगटान गाउँपालिकाको नाम 'वोगटान फुडशिल' गाउँपालिका कायम गर्न नेपाल सरकार समक्ष सिफारिस गरि पठाउने निर्णय गरेको छ । 

स्थानीय जनताको माग र गाउ सभा बैठकले गरेको निर्णय र सिफरिस बमोजिम यस्तो निर्णय गरिएको मन्त्रिपरिषद्ले जानकारी दिएको छ । यस्तै बैठकले कैलाली जिल्लाको कैलारी गाउँपालिका वडा नम्वर ४ को नवलपुर गाउँलाई सोहि वडाको वडा नम्बर १ मा समावेश गर्ने, डोटीको आर्दश गाउँपालिकाको वडा नम्वर ४ को पातल गाउँलाई सोहि गाउँपालिकाको वडा नम्बर ५ मा समावेश गर्न सिफारिस गरी पठाउने निर्णय पनि बैठकले गरेको छ । 

सरकारका प्रवक्तासमेत रहेका आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश शाहले दिएको जानकारी अनुसार डडेलधुराको भागेश्वर गाउँपालिकाको केन्द्र वडा नम्वर ४ को गुवाडी टप्वामा सार्न पनि नेपाल सरकार समक्ष सिफारिस गरि पठाउने निर्णय भएको छ । 

साविकको भागेश्वर, रुपाल र बगरकोट गाविस मिलेर बनेको भागेश्वर गाउँपालिकाको केन्द्र हाल बगरकोटमा छ । मन्त्री शाहले स्थानीय तहको माग र सिफारिस बमोजिम नै नाम र केन्द्र हेरफर गरी कायम गर्न सिफरिस गर्ने निर्णय भएको जानकारी दिए । 

बैठकले 'विपद् व्यवस्थापन तथा राहत कोष विधेयक, २०७५' को मस्यौदा तर्जुमा गर्न आन्तरिक मामिला तथा कानून मन्त्रालयलाई सैद्धान्तिक स्वीकृति प्रदान गर्ने, प्रदेशको कर तथा गैरकर राजश्व लगाउने र उठाउने सम्वन्धमा व्यवस्था गर्न वनेको विधेयक, २०७५ प्रदेश सभामा पेश गर्न स्वीकृति प्रदान गर्ने निणर्य गरेको छ । 

मुख्यमन्त्री र मन्त्रीहरुको पारिश्रमिक तथा सुविधा सम्वन्धमा व्यवस्था गर्न वनेको विधेयक, २०७५ प्रदेश सभामा पेश गर्न स्वीकृति प्रदान गर्ने, सुशासन सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयकको मस्यौदा तर्जुमा गर्नका लागि सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय पनि बैठकले गरेको छ ।  

यसैबीच बैठकले मुख्यमन्त्री त्रिलोचन भट्टबाट ठाडो प्रस्तावको रुपमा प्रस्तुत मातहत सवै मन्त्रालय/सचिवालय/कार्यालयले आ-आफ्नो निकायको संगठन संरचना र कर्मचारी दरबन्दी एकिन गरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेश गर्ने सम्वन्धमा मातहत सबै निकायलाई पत्राचार गर्ने निर्णय समेत गरेको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।