बुधबार, असार ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • डाक्टरको लापरबाहीले विद्यार्थीको मृत्यु भएको आरोप, अस्पतालमा तोडफोड

डाक्टरको लापरबाहीले विद्यार्थीको मृत्यु भएको आरोप, अस्पतालमा तोडफोड

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं-भैरहवास्थित युनिभर्सल कलेजमा अध्यायनरत विद्यार्थी माधव शाहको उपचारको क्रममा मृत्यु भएपछि अस्पताल तनाब ग्रस्त बनेको छ ।

बीडीएस तेह्रौ व्याज अध्ययन गरिरहेका शाहको नितम्बमा पिलो आएपछि उपचारका लागि आफैंले पढिरहेको कलेजमा भर्ना भएका थिए । 

शनिबार अस्पताल गएका उनलाई उपचारका लागि साँझ पौने आठ बजे अस्पतालले भर्ना गरेको थियो । 

सहज रुपमा अस्पताल गएका उनलाई चिकित्सकले गलत औषधी दिएपछि मृत्यु भएको भन्दै शाहका आफन्त तथा कलेजमा अध्ययनरत विद्यार्थीले अस्पताल प्रशासनमा तोडफोड गरेका छन् । 

जनकपुर निवासी २४ वर्षका शाहको अस्पताल भर्ना भएको १२ घन्टा नबित्दै मृत्यु भएको थियो । 

अस्पलात तनाबग्रस्त बनेपछि सुरक्षाका लागि ठुलो संख्यामा प्रहरी परिचालन गरीएको छ ।  आन्दोलनलाई नियन्त्रण गर्न प्रहरील बल प्रयोग गरेको छ । प्रहरीको लाठीले आन्दोलनमा रहेका विद्यार्थी घाइते भएका छन् । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।