आइतबार, मंसिर ७, २०८२

आईपीएलमा राजस्थान र लखनौको जित

इन्डियन प्रिमियर लिग (आईपीएल) मा राजस्थान रोयल्स र लखनौ सुपर जायन्टले जित निकालेको छ। वांखडे रंगशालामा सम्पन्न भएको खेलमा राजस्थानले पाञ्जाब किंग्सविरुद्ध ६ विकेटको जित निकालेको हो।
 |  आइतबार, वैशाख २५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख २५, २०७९

काठमाडौं- इन्डियन प्रिमियर लिग (आईपीएल) मा राजस्थान रोयल्स र लखनौ सुपर जायन्टले जित निकालेको छ। वांखडे रंगशालामा सम्पन्न भएको खेलमा राजस्थानले पाञ्जाब किंग्सविरुद्ध ६ विकेटको जित निकालेको हो।

National life

टस जितेर ब्याटिङ रोजेको राजस्थानले पुरा ओभर खेल्दै पाँच विकेट गुमाएर १८९ रन बनाएको थियो। जवाफमा राजस्थानले दुई बल बाँकी रहँदै चार विकेट गुमाएर निर्धारित लक्ष्य पुरा गरेको हो।

राजस्थानको जितका लागि यसस्वी जैसवालले सर्वाधिक ६८ रन बनाए भने जस बटलरले ३० रनको योगदान दिए। त्यस्तै, देवदत्त पडिक्कल र सिमरन हेट्मायरले समान ३१–३१ रन बनाएका हुन्।

राजस्थानलाई लक्ष्य पुरा गर्न नदिने कोसिसमा अर्षदिप सिंहले दुई विकेट लिए भने कागिसो रबाडा र रिऋि धवनले समान १,१ विकेट गिराए। यता पञ्जाबका जोन्नी बेयरिस्टोले ५६ रन बनाए। यता राजस्थानका युजवेन्द्र चहलले तीन विकेट गिराए।

शनिबार रातिकै अर्को खेलमा लखनौ सुपर जायन्टले कोलकत्ता नाइट राइडर्सविरुद्ध ७६ रनको जित निकालेको छ। पहिलो पारीमा लखनौले पुरा ओभर खेल्दै सात विकेटको क्षतिमा १७६ रन बनाएको थियो। जवाफमा कोलकत्ता १४ ओभर तीन बलमै १०१ रन बनाएर अलआउट भएपछि कोलकत्ताले सानदार जित निकालेको हो।

Laxmi sunrise bank
kumari

कोलकत्ताका लागि क्विन्टन डिककले ५० र दिपक होडाले ४१ रन बनाए। त्यस्ता दोस्रो पारीमा अभेष खान र ज्यानस होल्डरले समान ३–३ विकेट गिराए।

प्रकाशित: May 08, 2022| 08:25 आइतबार, वैशाख २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।