आइतबार, मंसिर ७, २०८२

भारतकी गांगुलीलाई हराउँदै चन्दा च्याम्पियन

नेपालकी चन्दा भुजेल प्रथम इन्डो–नेपाल आईएफके क्योकुसिन कराते प्रतियोगिताको महिला ७० केजीमा शनिबार पहिलो भएकी छिन्।
 |  आइतबार, वैशाख २५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख २५, २०७९

काठमाडौं- नेपालकी चन्दा भुजेल प्रथम इन्डो–नेपाल आईएफके क्योकुसिन कराते प्रतियोगिताको महिला ७० केजीमा शनिबार पहिलो भएकी छिन्।

National life

इन्टरनेसनल फेडरेसन अफ कराते एसोसिएसन नेपालको आयोजनामा भएको प्रतियोगितामा चन्दाले भारतकी श्रेष्ठ गांगुलीलाई पराजित गरिन्।

कलंकीस्थित नेसनल बिजनेस ट्रेड सेन्टरमा भएको प्रतियोगिताको महिला २६ केजीमा नेपालकी सृष्टि अधिकारीले भारतकी आइना दास, ५० केजीमा भारतकी चन्द्रा शिखाले नेपालकी आशिका पन्त तथा ६६ केजीमा नेपालकी प्रमीला भूमिलाई हराउँदै स्वर्ण जिते।

पुरुष ३२ केजीमा नेपालका आकाश भूमिले भारतका रोहन दास, ५० केजीमा भारतका जयदीप दासले नेपालका अमन तामाङ, ५७ केजीमा नेपालका आशिष् शाही ठकुरीले भारतका अद्रिडो दास, ५६ केजीमा नेपालका पार्थ कोइरालाले भारतका दीपेन लोन, ५० केजीमा नेपालका शेख रिजवानले भारतका सावानाबो रोय, ५५ केजीमा नेपालका श्रृजित गुरुङले भारतका ब्रम्हमा बार्टा दास, ८६ केजीमा नेपालका मुकेश लुइँटेल खत्रीले भारतका इन्द्रजित शाह, ५६ केजीमा नेपालका सञ्जय राईले भारतका रुपम कुथी तथा ७२ केजीमा नेपालका विक्रम राणाले भारतका रोनितलाई पाखा लगाउँदै शीर्ष स्थान हात पारे।

पुरुषकै ६६ केजीमा भारतका आर्यमान चक्रबर्टीले नेपालका रोहन देउला, ५८ केजीमा नेपालका दीपेश तामाङले भारत रञ्जय, ८२ केजीमा नेपालका युभेन थापाले भारतका अंकित दास तथा ६५ केजीमा भारतका आकाश सेनले नेपालका दिनेश बम्जनलाई पन्छ्याउँदै पहिलो भए।

Laxmi sunrise bank
kumari

विजेतालाई नेपाल कराते महासंघका कार्यवाहक अध्यक्ष दावा गुरुङ, काठमाडौं जिल्ला खेलकुद विकास समितिका अध्यक्ष गणेशलाल कक्षपतिलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे। त्यसअघि एकदिने प्रतियोगिताको बाग्मती प्रदेशका युवा तथा खेलकुद मन्त्री रत्न ढकालले उद्घाटन गरेका थिए।

प्रकाशित: May 08, 2022| 08:15 आइतबार, वैशाख २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।