मंगलबार, फागुन १९, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • भलिबल क्लब लिगको दुवै उपाधि आर्मीलाई, संगम र धन बहादुर सर्वोत्कृष्ट

भलिबल क्लब लिगको दुवै उपाधि आर्मीलाई, संगम र धन बहादुर सर्वोत्कृष्ट

छैटौं संस्करणको एनभीए महिला तथा पुरुष क्लब भलिबल लिगको दुवैतर्फको उपाधि विभागीय क्लब आर्मीले जितेको छ।
 |  आइतबार, वैशाख २५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख २५, २०७९

काठमाडौं- छैटौं संस्करणको एनभीए महिला तथा पुरुष क्लब भलिबल लिगको दुवैतर्फको उपाधि विभागीय क्लब आर्मीले जितेको छ। लिगको अन्तिम खेलमा पुरुषतर्फ टिपटप हेल्प नेपाललाई ३–१ को सेटमा हराउँदै आर्मीले उपाधि जितेको हो। त्यसक्रममा आर्मीले २५–१३, २५–१८, २६–२८ र २८–२६ को जित निकालेको हो।

त्यस्तै, शनिबार नै भएको महिलातर्फको खेलमा विभागीय टिम पुलिस क्लबलाई ३–० को सोझो सेटमा हराउँदै आर्मीले उपाधि जितेको छ। उपाधि हात पार्ने क्रममा आर्मीले पुलिसलाई २५–१८, २५–२३ र २५–२० को जित निकालेको थियो।

यो जितसँगै आर्मीले अपराजित रहँदै उपाधि जितेको हो। यसले लिगमा १२ अंक बनायो। यता पुरुषतर्फ उपाधि जितेको आर्मी पनि लिगमा अपराजित नै रह्यो। उसले चाहिँ १८ अंक बनायो।

उपाधिसँगै आर्मीका दुवै टिमले समान ६–६ लाख पुरस्कार जितेका छन्। त्यस्तै, दोस्रो स्थान हाँसिल गरेका हेल्प नेपाल(पुरुष) र पुलिस क्लब (महिला) समान ३–३ लाख पुरस्कार जितेका छन्।

खेलाडीहरूको व्यक्तिगत विधाको अवार्डतर्फ आर्मीकी संगम महतो र आर्मीकै धन बहादुर भट्ट क्षेत्री सर्वोत्कृष्ट खेलाडी बने।

kumari

लिगमा प्रतिस्पर्धा गरेका यी क्लबले अघिल्लो वर्ष भएको भलिबल च्याम्पियनसिपको छनोट पार गरेर आएका हुन्। लिगमा महिलातर्फ पाँच क्लबले प्रतिस्पर्धा गरेका थिए भने पुरुषतर्फ सात क्लब खेलेका थिए।

यो प्रतियोगितामा महिलातर्फ एपीएफ तेस्रो भयो भने एभरेस्ट क्लब चौथो भएको छ। त्यस्तै, पुरुषतर्फ एपीएफ चौथो भयो भने पुलिस तेस्रो भयो। यी दुई क्लबले एक लाख ५० हजार र ७५ हजार पुरस्कार पाए।

महिलातर्फ न्यु डायमण्डकी सलिना श्रेष्ठ वेस्ट लिब्रो बनेकी छन् भने एभरेस्ट क्लबकी अरुणा साही वेस्ट सेटर बनेकी छन्। वेस्ट सर्भरको पुरस्कार आर्मीकी शान्ति खरेलले जितिन भने वेस्ट स्पाइकर एपीएफकी निरुता ठगुन्ना बनिन्।

त्यस्तै, आर्मीकी सुनिता थापा वेस्ट ब्लकर भइन् भने लोकेश बुढा उत्कृष्ट प्रशिक्षक घोषित भए।

पुरुषतर्फ भने हरि बहादुर थापा वेस्ट सेटर, भीम बहादुर गाहा मगर उत्कृष्ट लिब्रो बने। त्यस्तै, आर्मीका एकेन्द्र विष्ट उत्कृष्ट सर्भर बन्दा पुलिसका नवीन चलले उत्कृष्ट स्पाइकरको अवार्ड जिते। उत्कृष्ट ब्लकर चाहिँ आर्मीका दुर्गा बहादुर खड्का घोषित हुँदा जगत् सिंह वेस्ट कोच बने।

खेलमा न्यु डायमण्डकी प्रगति नाथ उदयीमान खेलाडी बनिन् भने पुरुषतर्फ एपीएफका धिरज बस्नेतले सो विधाको व्यक्तिगत उपाधि जिते।

प्रकाशित: May 08, 2022| 07:05 आइतबार, वैशाख २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।