बुधबार, असार ३१, २०८३

वरिष्ठ न्यायाधीश मिश्रले तोके पेशी 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- कामु प्रधान्यायाधीश दीपकराज जोशी बिदामा बसेपछि सर्वोच्च अदालतका न्यायाधीश ओमप्रकाश मिश्रले आइतबार पेशी तोकेका छन्। 

पेशीको सूचीमा जोशीको नाम समावेश छैन। मिश्रले आफ्नो इजलासमा मात्रै ५७ वटा पेशी तोकेका छन्। कामु प्रधानन्यायाधीश जोशी आइतबारदेखि १५ दिनका लागि बिदा बसेका छन्। 

विभिन्न पाँच वटा कारण देखाउँदै संसदीय सुनुवाइ विशेष समितिले गत शुक्रबार जोशीलाई ‘कन्फर्म’ प्रधानन्यायाधीश बनाउन अस्वीकार गरेको थियो। उनले राजिनामा दिने अपेक्षा पूरा नहुने देखेपछि सत्तापक्षले महाभियोग लगाउने चेतावनी पनि दिएको थियो। 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।