शुक्रबार, वैशाख २१, २०८१

जिम्बावे 'ए'विरुद्ध नेपालको शानदार जित

जिम्बावे ‘ए’ विरुद्धको दोस्रो एकदिवसीय क्रिकेटमा नेपालले शनिबार ९ विकेटको शानदार जित निकालेको छ।
 |  शनिबार, वैशाख २४, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख २४, २०७९

काठमाडौं- जिम्बावे ‘ए’ विरुद्धको दोस्रो एकदिवसीय क्रिकेटमा नेपालले शनिबार ९ विकेटको शानदार जित निकालेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा सम्पन्न दोस्रो एक दिवसीय खेलमा नेपालले जिम्बाब्वे ‘ए’ लाई ९ विकेटले हराउँदै शृंखला बराबरी गरेको छ।

triton college

जिम्बावे ‘ए’ ले दिएको ८८ रनको लक्ष्य नेपालले ११ ओभर २ बलमा १ विकेटको क्षतीमा ८९ बनाउदै लक्ष्य पूरा गरेको हो। नेपालको जितमा सुनिल धमलाले सर्वाधिक ३८ रन बनाउँदा आसिफ शेखले अविजित ३४ रन जोडे। विनोद भण्डारी ४ रनमा अविजित रहे। बलिङ तर्फ जिम्बावे ‘ए’ का ब्राण्डन माभुताले १ विकेट लिए।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको जिम्बाब्वे ‘ए’ ३१.१ ओभरमा अलआउट भएको थियो। खराब ब्याटिङ गरेको जिम्बाब्वे ‘ए’ ले सबै विकेट गुमाएर मात्र ८७ रन जोड्न सफल भएको थियो। नेपाली बलरको किफायती बलिङ गरेको खेलमा जिम्बावे ‘ए’ का लागि जोनाथन क्याम्पबेलले २७ रन बनाउँदा ब्राड इभान्स २० रन अविजित रहे। सेफासले १० तथा लुक जोग्वेले ८ रन बनाएका थिए। कसिलो बलिङ गरेको नेपालका सोमपाल कामी र करण केसीले ३/३ विकेट लिए। सन्दीप लामिछानेले २ तथा  सागर ढकालले १ विकेट लिए।

यस जितसँगै नेपालले पहिलो खेलमा व्यहोरेको हारको बदला लिएको छ। यस अघि शुक्रबार भएको पहिलो खेलमा जिम्बावे ‘ए’ ले नेपाललाई ३ विकेटले हराएको थियो। यससँगै नेपालले तीन खेलको शृंखला १–१ को बराबरी समेत गरेको छ। अन्तिम तथा निर्णायक एकदिवसीय खेल सोमबार हुनेछ।

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एकदिवसीय शृंखलाको तयारीमा स्वरूप नेपालले जिम्बाब्वे ए सँग शृंखला खेलिरहेको हो। यस अघि भएको तीन खेलको ट्वान्टी–२० शृंखला १–१ को बराबरीमा सकिएको थियो। 

corrent noodles
Metro Mart

प्रकाशित: May 07, 2022| 18:53 शनिबार, वैशाख २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।