मंगलबार, फागुन १९, २०८२

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मस्कट र नारा सार्वजनिक

आगामी जेठ २२ गतेदेखि २८ गतेसम्म गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लोगो र मस्कट सार्वजनिक गरिएको छ।
 |  शनिबार, वैशाख २४, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख २४, २०७९

काठमाडौं- आगामी जेठ २२ गतेदेखि २८ गतेसम्म गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लोगो र मस्कट सार्वजनिक गरिएको छ। राष्ट्रिय खेलकुद परिषद (राखेप) ले शनिबार एक कार्यक्रममा आसन्न  नवौं राष्ट्रिय खेलकुदको लोगो र मस्कट सार्वजनिक गरेको हो। 

युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज, राखेपका सदस्यसचिब टंकलाल घिसिङ, उपाध्यक्ष शिव कोइरालाले त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदमा आयोजना गरिएको कार्यक्रममा लोगो र मस्कट सार्वजनिक गरेका हुन्। लोगो र मस्कट खुला प्रतिस्पर्धाबाट छनोट गरिएको हो। 

लोगो र मस्कट भोलानाथ पौडेलले डिजाइन गरेका हुन्। लोगो डिजाइन गरेका भोलानाथले पुरस्कारस्वरूप ५० हजार रुपैयाँ प्राप्त गरे।  त्यस्तै मस्कट डिजाइन गरेवापत उनले २५ हजार नगद प्राप्त गरे। लोगो, मस्कट र नारा छनोटका लागि राखेपले एकेन्द्र कुँवरको संयोजकत्वमा कमिटि गठन गरेको थियो।

कार्यक्रममा खेलकुद प्रतियोगिताको नारा ‘एकताबद्ध देश, खेलकुदको सन्देश’ समेत सार्वजनिक गरियो। नारा सुयोग्य राज काफ्लेले बनाएका हुन्। नारा बनाउने काफ्लेलाई १० हजार प्रदान गरियो। 

सिंगो राष्ट्रलाई खेलकुदको माध्यामबाट एकतावद्ध बनाउने सन्देशसहित सो प्रतियोगिताको नारा, मस्कट र लोगो सार्वजनिक गरिएको भन्दै त्यसका डिजाईनकर्ताहरु सुयोग्यराज काफ्ले र भोलानाथ पौडेललाई मन्त्री गहतराजले धन्यवाद व्यक्त गरे। 

kumari

नवौं राष्ट्रिय खेलकुदमा ३६ खेल समावेश गरिएको छ। यस्तै दुई प्रर्दशनी खेल आयोजना गरिनेछ । एथलेटिक्स, ब्याडमिन्टन, टेबल टेनिस, क्रिकेट, फुटबल, टेनिस, हक्की, बक्सिङ, भलिबल, जिम्नास्टीक, कबड्डी, भारत्तोलन, सुटिङ, पौडी, ह्याण्डबल, जुडो, कुस्ती, सफ्ट टेनिस, स्क्वास, तेक्वान्दो, उसु, बास्केटबल, शारीरिक सुगठन, बुद्धिचाल, खो खो, कराते, फुटबल कन्ट्याक्ट कराते, आईटिएफ तेक्वान्दो, सेपाक्ताक्रो, गल्फ, आर्चरी, साईक्लिङ, फेन्सिङ, ट्रायथोलन, प्याराग्लाईडिङलाई प्रतियोगितामा समावेश गरिएको छ। जसमा ठेलो र क्यानोइङलाई प्रदर्शनी खेलको रुपमा नवौं राष्ट्रिय खेलकुदमा समावेश गरेको छ।


प्रकाशित: May 07, 2022| 18:35 शनिबार, वैशाख २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।