बुधबार, पुस ३०, २०८२

जिम्बावेविरुद्ध नेपालको सानदार जित

एकदिबसिय शृङ्खलाको पहिलो खेलमा जित निकालेर दोस्रो खेलमा नेपालविरुद्ध सस्तैमा समेटिएको जिम्बावेले ९ विकेटको हार बेहोरेको हो।
 |  शनिबार, वैशाख २४, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख २४, २०७९

काठमाडौं- कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा जारी दुईदेशिय शृंखलाअन्तर्गत दोस्रो खेल जिम्बावे ए टिमविरुद्ध नेपाली टिमले सानदार जित निकालेको छ।

National life

एकदिबसिय शृङ्खलाको पहिलो खेलमा जित निकालेर दोस्रो खेलमा नेपालविरुद्ध सस्तैमा समेटिएको जिम्बावेले  ९ विकेटको हार बेहोरेको हो। टस हारेर पहिले ब्याटिङ गरेको जिम्बाबेले ३१ ओभर पाँच बल खेल्दै सम्पूर्ण विकेट गुमाएर ८७ रन समेटिएको थियो।

जिम्बावेविरुद्ध पहिलो बलमै विकेट लिएको नेपाली अलराउन्डर करण केसीले तीन विकेट गिराए। त्यस्तै, नेपाली फास्ट बलर सोमपाल कामीले पनि सात  ओभर बलिङ गर्दै तीन विकेट गिराए। कसिलो बलिङ गरेको नेपालका कप्तान सन्दीप लामिछानेले पनि दुई विकेट गिराए भने सागर ढकालले एक विकेट लिएका थिए।

खेलमा जिम्बावेका इनोसेन्ट किया पहिलो बलमै आउट भए। त्यसपछी ताडिबान्सी मरुमानी, रोय किया, टोनी मुन्योङा र क्लिव मन्डने र लुके जंवे र ब्रान्डन मभुताले दोहोरो अंकमा रन बनाउनै सकेनन्। जिम्बावेका लागि जोनाथन क्याम्प्बेलले सर्वाधिक २७ रन बनाए भने ब्राड एभन्सले २० रनको योगदान दिए। सेफस झुवाओले पनि १० रन बनाएका थिए।

जवाफमा नेपाली ओपनर सुनिल धमला ३८ बलमा ३६ रन बनाएर अउट भए भने आसिफ शेख ३४ बलमा अबिजित रहे। जिम्बावेका ब्रान्डमले मात्र विकेट लिए।

Laxmi sunrise bank
kumari

प्रकाशित: May 07, 2022| 15:00 शनिबार, वैशाख २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।