शुक्रबार, वैशाख २१, २०८१
  • गृहपृष्ठ
  • प्रदेश
  • बुटवल पुगेर देउवाले भने- गठबन्धनलाई जिताउनुस्, ओलीजीलाई भोट दिएर के गर्नुहुन्छ?

बुटवल पुगेर देउवाले भने- गठबन्धनलाई जिताउनुस्, ओलीजीलाई भोट दिएर के गर्नुहुन्छ?

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन मुलुकको ऐतिहासिक आवश्यकता भएको बताएका छन्।
 |  शनिबार, वैशाख २४, २०७९

विनोद परियार

विनोद परियार

शनिबार, वैशाख २४, २०७९

बुटवल- नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन मुलुकको ऐतिहासिक आवश्यकता भएको बताएका छन्। 

triton college

उनले कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धनलाई टिकाउन भए पनि गठबन्धनका उम्मेदवारलाई जिताउन आवश्यक रहेको बताए। पाँच दलीय गठबन्धनले शनिबार बुटवलमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै देउवाले विना गठबन्धन मुलुकको विकाससमेत असम्भव भएको बताए। 

‘संविधान, लोकतन्त्र र स्थायित्वका लागि पनि गठबन्धन जोगाउन आवश्यक छ। गठबन्धनकै एजेन्डा कांग्रेस महाधिवेशनले स्वीकार गरेको हो,’ सभापति देउवाले भने। उनले एमाले अध्यक्ष केपी ओलीले पाँच वर्षका लागि पाएको जनमतको आफैले सुरक्षा गर्न नसकेको बताए। 

उनले संविधानले प्रधानमन्त्रीलाई संसद् विघटन गर्ने अधिकार नदिएको उल्लेख गर्दै ओलीले संसद‍्मा विरोध सहन नसकेको बताए। ‘प्रधानमन्त्रीले संसद् विघटन गर्न पाउँदैन,’ उनले भने, ‘ओलीजीको पार्टीलाई जिताएर के पाउनुहुन्छ।’

अदालतले संसद् पुनर्स्थापना गरेपछि पनि ओलीले संसद् चल्न नखिएको प्रधानमन्त्री देउवाको आरोप छ। उनले ओलीको गलत प्रवृत्ति, संविधान, लोकतन्त्र, शान्ति र स्थायित्वको लागि गठबन्धन गरिएको बताए। 

corrent noodles
Metro Mart

अनुदान लिने हो, ऋण होइन 

बुटवल उपमहानगरको गठबन्धनका उम्मेदवारलाई उत्साही बनाउन आमसभामा आएका सभापति देउवाले आफ्नो सरकार बनेदेखि सहज वातावरण बनेको दाबी गरे। उनले एमसीसी ब्याज तिर्न नपर्ने अनुदान भएको भन्दै त्यसैले नेपालको विकास गर्न सकिने बताए।

‘बुटवलदेखि दाङसम्मको सडक विस्तार हुनेछ, विद्युत् प्रसारण लाइन बन्नेछ,’ प्रधानमन्त्री देउवाले भने, ‘एमसीसी परियोजनाले बुटवलवासीलाई फाइदा हुनेछ।’ उनले ओली नेतृत्वको सरकार हुँदा देश ऋणमय भएको बताउँदै अहिले अनुदानबाट देशलाई अगाडि बढाउन खोजिएको बताए। 

‘हाम्रो जस्तो देशले ऋण लिने होइन,’ उनले भने, ‘अनुदान लिने हो।’ उनले नेपालका लागि अनुदान आवश्यक रहेको बताउँदै युरोपियन मुलुकदेखि जापान, भारतले अनुदान दिनसक्ने बताए। देश विकासका लागि गरिब राष्ट्रले अनुदान लिनुपर्ने मत प्रधानमन्त्री देउवाको थियो।

प्रकाशित: May 07, 2022| 14:05 शनिबार, वैशाख २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।