शुक्रबार, कात्तिक २८, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • ओलीजीलाई स्थानीय तहमा मात्रै होइन, प्रतिनिधिसभामा पनि भोट दिनु हुँदैन : पौडेल

ओलीजीलाई स्थानीय तहमा मात्रै होइन, प्रतिनिधिसभामा पनि भोट दिनु हुँदैन : पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई निमित्त नायक बनाइएको टिप्पणी गरेका छन्।
 |  शनिबार, वैशाख २४, २०७९

विनोद परियार

विनोद परियार

शनिबार, वैशाख २४, २०७९

बुटवल- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई निमित्त नायक बनाइएको टिप्पणी गरेका छन्। 

National life

उनले राजा महेन्द्र, ज्ञानेन्दूपछि ओलीले संसद् विघटन गरेर विकास र अस्थिरतातर्फ धकेल्ने वाहक बनेको बताए। उनले विदेश शक्तिले ओलीलाई निमित्त बनाएको आरोप लगाएका हुन्। पाँच दलीय गठबन्धनले शनिबार बुटवलमा गरेको आमसभालाई सम्बोधन गर्दै नेता पौडेलले यस्तो कुरा बताएका हुन्। 

'केपी ओली र उहाँका अनुयायीहरू, संसद् चल्न नदिनेहरू स्थानीय तहमा मात्रै होइन, संसद्मा पनि जान नदिएर सजाय दिनुपर्छ,’ उनले भने। 

उनले बाहिर चुच्चे नक्सा देखाउने तर भित्र-भित्र रअसँग भेटेर देशलाई धोका दिएको पौडेलको आरोप छ। उनले राजा महेन्द्रले पनि राष्ट्रवादका नाममा ठग्ने काम गरेको बताए। उनले भने, ‘अब देशलाई ठगिनबाट जोगाउनुपर्छ।’

उनले जनता ठग्नेहरूलाई जनताले रोज्न नहुने बताए। उनले नेपालको स्थायित्व, विकास र संविधानको रक्षाका लागि गठबन्धन बनेको बताए। उनले दलित, महिला पिछडिएको क्षेत्रको अधिकार रक्षाका लागि गठबन्धनका उम्मेदवारले जित्नुपर्ने बताए। 

Laxmi sunrise bank
kumari

उनले राजनीतिक अस्थिरताका कारण मुलुकको संविधान नै संकटमा पार्ने काम भइरहेको बताए। 

वरिष्ठ नेता पौडेलले बुटवलवासीले घरघर र हस्पिटलको बेडमा भेटिने मेयर जनाले खोजेको बताए। ‘खेलराज जीले त्यसको नेतृत्व गर्नुहुनेछ,’ उनले भने। 

बुटवलमा मेयरमा नेपाली काँग्रेसका तर्फबाट खेलराज पाण्डे र उपमेयरमा नेकपा एकीकृत समाजवादीका तर्फबाट चिनबहादुर गुरुङ उपमेयरका उम्मेदवार छन्। 

प्रकाशित: May 07, 2022| 13:48 शनिबार, वैशाख २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।