शनिबार, मंसिर १३, २०८२

एमालेसँग मत माग्ने आधार छैन : महत

नेपाली कांग्रेसका प्रवक्ता प्रकाश शरण महतले एमालेसँग मत माग्ने कुनै आधार नभएको बताएका छन्। उनले एमाले अध्यक्ष ओलीले मिठा गफ मात्रै गरेको र मनोरञ्जन दिलाएको बताए।
 |  शनिबार, वैशाख २४, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख २४, २०७९

बुटवल- नेपाली कांग्रेसका प्रवक्ता प्रकाश शरण महतले एमालेसँग मत माग्ने कुनै आधार नभएको बताएका छन्। उनले एमाले अध्यक्ष ओलीले मिठा गफ मात्रै गरेको र मनोरञ्जन दिलाएको बताए। 

National life

पाँच दलीय गठबन्धनले शनिबार बुटवलमा गरेको आमसभालाई सम्बोधन गर्दै महतले यस्तो बताएका हुन्।  'आफ्नो दुई तिहाइको सरकार ढाल्ने अनि गफ गरेर हुन्छ,' उनले भने, 'गफ गर्ने र मनोरञ्जन गर्छौं भनेर भोट माग्ने।'

राजनीतिमा इमान, समर्पण र दुरदृष्टि चाहिने भन्दै ओली नेतृत्वको सरकार असफल भएको उनले बताए। उनले गठबन्धनको सरकार आएपछि देशमा कुशासन हटेको बताए।

देशमा कोभिडले ठप्प पार्दा ओलीले सुनदेखि ओम्नी काण्ड घटाएको उनको आरोप छ। नेपाली कांग्रेस काम गर्ने पार्टी भएको भन्दै अहिलेको गठबन्धनले कुराको अन्त्य गर्ने बताए। 

उनले पाँच दलीय गठबन्धनले देशमा स्थिरता र लोकतन्त्र जोगाउने दाबी गरे। उनले ओली नेतृत्वको सरकारले देशलाई शरणमय बनाएको आरोप लगाउँदै देउवा नेतृत्वको सरकार बनेपछि देशमा अनुदानको ओइरो लागेको बताए।

Laxmi sunrise bank
kumari

प्रकाशित: May 07, 2022| 12:53 शनिबार, वैशाख २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।