बुधबार, असार ३१, २०८३

जाजरकोट पहिरो अपडेट : पुरिएर ८ को मृत्यु

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
सुर्खेत- जाजरकोट सदुरमुकाम खलंगा ठाँटीबजार नजिकै पहिरो जाँदा ८ जनाको मृत्यु भएको छ ।

 अविरल वर्षापछि गएको पहिरोले स्थानीय तीर्थ बोहरा र गोपाल सुनारको घर बगाउदा पुरिएर ८ जनाको मृत्यु भएको हो । 

पहिरोमा परी एकै परिवारका नविन परियार, गोविन्द परियार, नरेन्द्र परियार, दर्शक परियारको मृत्यु भएको प्रहरीले जनाएको छ । तीर्थ बोहराको घरमा डेरा गरी बस्ने लालबहादुर लोहारको जीवित उद्धार गरी जिल्ला अस्पतालमा उपचार भइरहेको छ भने लोहारकी श्रीमती, छोरी र दुई छोरासमेतको मृत्यु भएको छ । मृतकहरुको सनाखत हुन सकेको छैन् । 

पहिरोमा पुरिएर अझै केहि हराइरहेको आशंकामा खोजी र उद्धार कार्य तिब्र पारेको घटनास्थलमा रहेका प्रहरी हवल्दार इन्द्रजित सुनुवारले जानकारी दिए । वेपत्ता भएकाहरुको खोजीका लागि अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीय खटिएका छन् । एक जनालाई भने प्रहरीले घाइते अवस्थामा उद्धार गरेको छ ।  
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।