आइतबार, मंसिर ७, २०८२

नेपालसँग सस्तैमा समेटियो जिम्बाबे

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा जारी दुई देशिय शृंखलाअन्तर्गत दोस्रो खेलमा जिम्बावे ए टिम नेपाली टिमविरुद्ध सस्तैमा समेटिएको छ।
 |  शनिबार, वैशाख २४, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख २४, २०७९

काठमाडौं- कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा जारी दुई देशिय शृंखलाअन्तर्गत दोस्रो खेलमा जिम्बावे ए टिम नेपाली टिमविरुद्ध सस्तैमा समेटिएको छ।

National life

टस हारेर पहिले ब्याटिङ गरेको जिम्बाबेले ३१ ओभर  पाँच बल खेल्दै सम्पूर्ण विकेट गुमाएर ८७ रन समेटिएको हो।

जिम्बावेविरुद्ध पहिलो बलमै विकेट लिएको नेपाली अलराउन्डर करण केसीले तीन विकेट गिराए। त्यस्तै, नेपाली फास्ट बलर सोमपाल कामीले पनि सात  ओभर बलिङ गर्दै तीन विकेट गिराए।

कसिलो बलिङ गरेको नेपालका कप्तान सन्दीप लामिछानेले पनि दुई विकेट गिराए भने सागर ढकालले एक विकेट लिएका थिए।

खेलमा जिम्बाबेका इनोसेन्ट किया पहिलो बलमै आउट भए। त्यसपछि ताडिबान्सी मरुमानी, रोय किया, टोनी मुन्योङा र क्लिव मन्डने र लुके जंवे र ब्रान्डन मभुताले दोहोरो अंकमा रन बनाउनै सकेनन्।

Laxmi sunrise bank
kumari

जिम्बाबेका लागि जोनाथन क्याम्प्बेलले सर्वाधिक २७ रन बनाए भने ब्राड एभन्सले २० रनको योगदान दिए। सेफस झुवाओले पनि १० रन बनाएका थिए।

प्रकाशित: May 07, 2022| 12:30 शनिबार, वैशाख २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।