मंगलबार, पुस १, २०८२

सुर्ख‍ेतमा चुनावी प्रचारमा प्रयोग भएका दुई गाडीमा आगजनी

सुर्खेतमा चुनावमा प्रयोग भइरहेका दुई गाडीमा अज्ञात समूहले आगजनी गरेको छ। वीरेन्द्रनगर–६ मंगलगढीमा रोकी राखेको दुई वटा गाडीमा अज्ञात समूहले गएराति आगजनी गरेको हो।
 |  शनिबार, वैशाख २४, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख २४, २०७९

सुर्खेत- सुर्खेतमा चुनावमा प्रयोग भइरहेका दुई गाडीमा अज्ञात समूहले आगजनी गरेको छ। वीरेन्द्रनगर–६ मंगलगढीमा रोकी राखेको दुई वटा गाडीमा अज्ञात समूहले गएराति आगजनी गरेको हो।

National life

नेकपा माओवादी केन्द्रको चुनावी प्रयोजनामा प्रयोग भइरहेको एक स्कार्पियो गाडीसहित दुईवटा गाडी जलाइएको छ।

होटल सत्कार अगाडि पार्किङ गरेर राखिएको नेकपा माओवादी केन्द्रको प्रचारमा रहेको बा१४च ६८३१ नम्बरको स्कर्पियो गाडीमा राति १२:३० वजे र सेन्चुरी बैंकको शाखा नजिक पार्किङ गरेर राखिएको नेकपा एमालेको प्रचारमा रहेको कर्णाली प्रदेश ०२– ००१ ख ००६१ नम्बरको एसएमएल मिनीबसमा राति २ बजेतिर आगो लगाइएको हो।

आगलागीबाट स्कार्पियो र मिनीबसमा क्षति पुगेको छ। पेट्रोल छर्केर आगजनी गरिएको स्थानीयले बताएका छन्। प्रहरी र स्थानीयहरुले गाडीमा लागेको आगो निभाएका थिए।

आगलागी गर्नेको खोजी भइरहेको सुर्खेत प्रहरीले जनाएको छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: May 07, 2022| 09:24 शनिबार, वैशाख २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।