आइतबार, मंसिर ७, २०८२

आईपीएलमा गुजरातमाथि मुम्बईको नाटकीय जित

मुम्बई इन्डियन्स इन्डियनले प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेट प्रतियोगितामा दोस्रो जित निकाल्दै शीर्ष स्थानको गुजरात टाइटन्सलाई पाँच रनले पराजित गरेको छ।
 |  शनिबार, वैशाख २४, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख २४, २०७९

काठमाडौं- मुम्बई इन्डियन्स इन्डियनले प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेट प्रतियोगितामा दोस्रो जित निकाल्दै शीर्ष स्थानको गुजरात टाइटन्सलाई पाँच रनले पराजित गरेको छ। 

National life

शुक्रबार राति मुम्बईले दिएको १ सय ७८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको गुजरातले २० ओभरमा ५ विकेट गुमाएर मात्र १ सय ७२ रन मात्र बनाउन सक्यो।

मुम्बईलाई जितको लागि अन्तिम ओभरमा ९ रन आवश्यक भए पनि तीव्र गतिका बलर ड्यानियल साम्सले ३ रन मात्र खर्चेपछि मुम्बईले नाटकीय जित हात पारेको हो।

उनले पहिलो बलमा १ रन दिए। दोस्रो बल राहुल टेवाटियालाई डट राखे। तेस्रो बलमा टेवाटिया २ रन लिने क्रममा रन आउट भए। चौथो बलमा राशिद खानले पनि १ रन लिए। बाँकी २ बलमा ६ रन चाहिएको थियो। पाँचौँ बल डट राखे। अन्तिम बलमा ६ रन आवश्यक रहेका बेला सास्मले डट बल फालेसँगै मुम्बईले रोमाञ्चक जित निकाल्यो।

गुजरातका लागि रिद्धिमान साहले सर्वाधिक ५५ रन तथा सुबमन गिलले ५२ रनको योगदान गरे। मुम्बईका मुरुगान आश्विनले २ विकेट लिए।

Laxmi sunrise bank
kumari

प्रकाशित: May 07, 2022| 08:04 शनिबार, वैशाख २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।