सुर्खेत- अविरल वर्षापछि जाजरकोट सदुरमुकाम खलंगा ठाँटीबजार नजिकै पहिरोले दुई घर पुर्दा एक जनाको मृत्यु भएको छ भने ६ जना वेपत्ता भएका छन् । पहिरोले तिर्थ बहादुर बोहरा र गोपाल सुनारको घर पुरिएको हो ।
पहिरोमा परी ज्यान गुमाउनेको नाम खुल्न नसकेको प्रहरीले जनाएको छ । वेपत्ता भएकाहरुको सेना, प्रहरी र स्थानीयको सक्रियतामा खोजी कार्य तिब्र पारिएको घटनास्थलमा रहेका पत्रकार रुपेश बुढाथोकीले जनाकारी दिएका छन् । पहिरोले पुरै घर थिचेका कारण मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।
घरमा कतिजना थिए भन्ने एकिन जानकारी नभएको प्रहरीले जनाएको छ । हल्का वर्षा परिरहेका कारण उद्धारमा कठिनाई भएको जनाइएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४