शनिबार, वैशाख २२, २०८१

रेणु र सिर्जनालाई भोट माग्‍न देउवाले प्रयोग गरेका 'अस्त्र'

‘राजधानीको उम्मेदवार महिला हुनु ठूलो कुरा हो, काठमाडौं जस्तो राजधानीमा महिला हार्नु हुँदैन। दुनियाँले के भन्छन्? विश्‍वका विभिन्‍न देशका राजदूत यही छन्। महिला हरायो भन्छन्। महिला हरायो भने काठमाडोंले दोष पाउँछ,’ देउवाले भने ।
 |  शुक्रबार, वैशाख २३, २०७९

कौशल काफ्ले

कौशल काफ्ले

शुक्रबार, वैशाख २३, २०७९

काठमाडौं- स्थानीय निर्वाचनका उम्मेदवारका लागि मत माग्‍ने समय घर्किँदै जाँदा सत्ता गठबन्धनका शीर्ष नेताहरु बिहीबार र शुक्रबार महानगरका दुई उम्मेदवार केन्द्रित कार्यक्रममा सहभागी भए।

triton college

बिहीबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी रेणु दाहाल उम्मेदवार रहेको भरतपुरमा र शुक्रबार नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहकी श्रीमती सिर्जना सिंह उम्मेदवार रहेको काठमाडौंमा आयोजित सत्ता गठबन्धनले संयुक्त कार्यक्रममा शीर्ष नेताहरु सहभागी भएका हुन्। 

सत्ता गठबन्धनले मुलुकको संघीय राजधानी काठमाडौं र मुलुकको मध्य भागमा पर्ने भरतपुर महानगरमा दुई महिला उम्मेदवारलाई अघि सारेको छ। यी दुई महानगरलाई सत्ता गठबन्धनका नेताहरुका अभिव्यक्ति र व्यवहारले 'प्रतिष्ठाको विषय' बनाएको देखिन्छ। बिहीबार रेणु दाहाललाई मत माग्‍न बहालवाला प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालसहित पार्टीका शीर्ष नेताहरु सहभागी भएका थिए। 

भरतपुरमा कांग्रेसका तर्फबाट बागी उम्मेदवार रहेकाले धोका नहोस् भन्‍ने आशयसहितको चेतावनीयुक्त भाषा माओवादी अध्यक्ष प्रचण्डले प्रयोग गरे।उनले भरतपुरमा 'रेणुले नजिते देश र व्यवस्था नै दुर्घटनामा जाने' धम्कीपूर्ण अभिव्यक्ति दिएका थिए। भरतपुरको कार्यक्रमको एकदिन अघि नै पुगेका देउवा पनि बागी उम्मेदवारलाई फकाउन सफल नभए पनि उनको अभिव्यक्ति सौम्य नै थियो। 

शुक्रबारको कार्यक्रममा प्रचण्डले संयमित अभिव्यक्ति दिए पनि देउवा भने आफ्नै पार्टीका नेताहरुप्रति आक्रामक बने। देउवाले भरतपुरको आक्रोश पनि काठमाडौं पुगेर पार्टीकै नेता-कार्यकर्तामाथि खन्याए।  

corrent noodles
Metro Mart

भरतपुरमा रेणु र काठमाडौंमा सिर्जनालाई भोट माग्‍न केही समय खर्चिएका गठबन्धनका अर्का नेता माधव नेपालले भने गठबन्धनप्रति संशय व्यक्त गरे भने अधिकांश समय ओलीको आलोचना गर्नमै खर्चिए। 

‘हाम्रै पार्टीका केही मान्छेहरूले बखेडा खडा गरेका छन्। हिजो बीपी कोइरालालाई फाँसी दिनुपर्छ भन्‍ने को-को हुन्? उनीहरू अहिले गठबन्धनको खिलाफमा छन्। बडा कांग्रेसको समर्थन गर्ने भका छन्, हामीलाई था छैन?’

गठबन्धनको औचित्य र पार्टीभित्रै आक्रमण 

कार्यक्रममा प्रमुख अतिथिसमेत रहेका दे‍उवाले सबै नेताहरुको सम्बोधन सकिएपछि सम्बोधन गरे। उनले गठबन्धनको औचित्यबारे प्रष्टयाउने प्रयास गर्दै पार्टीकै नेताकार्यकर्तामाथि आक्रामक बने। प्रधानमन्त्रीसमेत रहेका देउवाले वीपी कोइरालालाई फाँसी दिनुपर्छ भन्नेहरू नै गठबन्धनको विरोधमा उत्रिएको गम्भीर आरोप कार्यकर्तामाथि लगाए। बीपीलाई फाँसी कसले दिने भनेका थिए भन्‍नेबारे प्रवेश नै नगरेका देउवाले गठबन्धनको विपक्षीमा रहेका कांग्रेस नेता–कार्यकर्ताप्रति लक्षित गर्दै उक्त अभिव्यक्ति दिएका हुन्।

पार्टीभित्र शेखर कोइराला समूहले लामो समयदेखि गठबन्धनको विरोध गरेको थियो। गठबन्धनको विरोधमा रहेका सबै नेताहरुले गठबन्धनको बचाउ गरिरहँदा अन्तिम सम्ममा पनि शेखरले भने गठबन्धनको विरोध गरेका थिए। त्यसैगरी भरतपुरमा बागी उठेका जगननाथ पौडेलले पनि गठबन्धनको विरोध गर्दै आफ्नो उम्मेदवारी कायमै राखेका छन्। 

यही प्रसंगलाई उल्लेख गर्दै देउवाले भने, ‘हाम्रै पार्टीका केही मान्छेहरूले बखेडा खडा गरेका छन्। हिजो बीपी कोइरालालाई फाँसी दिनुपर्छ भन्‍ने को-को हुन्? उनीहरू अहिले गठबन्धनको खिलाफमा छन्। बडा कांग्रेसको समर्थन गर्ने भका छन्, हामीलाई था छैन?’

देउवा यतिमै रोकिएनन्। पार्टीको बैठकमा कसैले विरोध नगरेको र बाहिर आएर गठबन्धनविरुद्ध फन्डा मच्चाएको भन्दै आक्रोशसमेत व्यक्त गरे। यसअघि नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले गठबन्धन गर्ने निर्णय सर्वसम्मत पारित गरेको थियो। कांग्रेसको महाधिवेशन र केन्द्रीय समितिले गठबन्धनको पक्षमा निर्णय गरे पनि केही सीमित मान्छेहरू विरुद्धमा लागेको देउवाको टिप्पणी थियो। र, अहिले गठबन्धनको विरोध गर्नेहरुले पार्टीको बैठकमा चाहीँ समर्थन गरेको पनि स्पष्ट पारे। 

रेणु र सिर्जनाको प्रशंसा 

सम्बोधनकै क्रममा देउवाले प्रचण्ड पुत्री रेणु दाहाललाई आफैँले टिकट दिन सिफारीस गरेको पनि खुलासा गरे। प्रचण्डले छोड्न तयार हुँदाहुँदै रेणु दाहाल आफ्नो प्रस्तावमा भरतपुर महानगरपालिकाको मेयरमा उम्मेदवार बनेको खुलाएका हुन्। 

अघिल्लो निर्वाचनमा मेयर बनेकी रेणुको कामको प्रशंसा गर्दै देउवाले भने, ‘रेणुले स्मार्ट सिटी र क्रिकेट मैदान बनाउँछु भनेकी छन्, त्यहाँ ठाउँ–ठाउँमा सडक पिच गरेकी छन्। घरको भाउ बढेको छ, जग्गाको भाउ बढेको छ। सब मान्छे धनी भइसके, के काम गर्नु दोष हो?'

उनले धेरै विवाद हुने भएकोले प्रचण्ड नै रेणुलाई उम्मेदवार नबनाउन तयार भएकोसमेत दाबी गरे। आफूहरुले छोरीलाई नउठाउनुस् भनेर प्रचण्डलाई भनेको भए उनले मान्‍ने स्थिति भएकोसमेत देउवाले बताए। थप स्पष्ट पारे, ‘राम्रो काम गरेको मान्छे, त्यो पनि महिलालाई किन रोक्नु? दिनुस् भनेर मैले भनेको हो, हामीले हुँदैन छोरीलाई नउठाउनुस् भनेको भए, प्रचण्डजी तयार हुनुहुन्थ्यो।’

यस्तै, प्रचण्डकी छोरीका रुपमा जन्मिनुमा रेणुको कुनै गल्ती नभएको पनि देउवाले बताए। रेणुप्रति यति उदार सुनिएका देउवा काठमाडौंकै आफ्नै उम्मेदवार सिर्जना सिंहप्रति नहुने कुरै भएन। 

‘राजधानीको उम्मेदवार महिला हुनु ठूलो कुरा हो, काठमाडौं जस्तो राजधानीमा महिला हार्नु हुँदैन। दुनियाँले के भन्छन्? विश्‍वका विभिन्‍न देशका राजदूत यही छन्। महिला हरायो भन्छन्। महिला हरायो भने काठमाडोंले दोष पाउँछ,’ देउवाले भने ।

सिंहको हकमा पनि कांग्रेस नेता प्रकाशमान सिंह श्रीमती सिर्जनालाई काठमाडौंमा उम्मेदवार बनाउन डराएको देउवाको भनाइ थियो। सिर्जनाको बिहे प्रकाशमानसँग हुँदैमा मेयर बन्‍न नपाउने भन्‍ने नहुने देउवाले बताए। उनले प्रश्‍न गरे, ‘प्रकाशमानको श्रीमती हुनु उहाँ (सिर्जना)को गल्ती हो ? यो अपराध त होइन नि!’

काठमाडौं महानगरमा गठबन्धकी साझा मेयर उम्मेदवार सिंहलाई प्रकाशमानको श्रीमती र रेणुलाई प्रचण्ड पुत्री भनेर मात्र प्रचार गरिएकोप्रति देउवाले आपत्ति जनाए। यद्यपि, देउवाको यो प्रहार पार्टीभित्र गठबन्धन हुनुहुन्‍न भन्नेहरु विरुद्ध देखिन्थ्यो। 

सिर्जना र मुलुकको अन्तराष्ट्रिय छवि

प्रधानमन्त्री देउवाले संघीय राजधानीलाई अन्तर्राष्ट्रिय जगतको पनि नजर रहने भएकोले सिर्जनाले जित्‍नुपर्ने दबाब रहेको उल्लेख गरे। उनले देशको राजधानी काठमाडौंमा महिला उम्मेदवार हराएमा अन्तर्राष्ट्रिय जगतमा नेपालको छवि नराम्रो हुने पनि पनि बताए। 

‘राजधानीको उम्मेदवार महिला हुनु ठूलो कुरा हो, काठमाडौं जस्तो राजधानीमा महिला हार्नु हुँदैन। दुनियाँले के भन्छन्? विश्‍वका विभिन्‍न देशका राजदूत यही छन्। महिला हरायो भन्छन्। महिला हरायो भने काठमाडोंले दोष पाउँछ,’ देउवाले भने ।

महिलालाई मेयर पदमा हराएमा एक दिन नेपालमा पुरुष मात्र मेयर हुनुपर्छ भन्‍ने धारणा आउने पनि उनले सुनाए। काठमाडौंजस्तो देशकै महत्वपूर्ण महानगरमा महिला उम्मेदवार बन्‍नु आफैंमा महत्वपूर्ण कुरा भएको देउवाले बताए। देउवाले प्रश्न गरे, ‘राजधानीमा महिला हराएपछि राष्ट्रिय-अन्तराष्ट्रिय जगतले के भन्ला?’ 




प्रकाशित: May 06, 2022| 19:43 शुक्रबार, वैशाख २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...