आइतबार, मंसिर ७, २०८२

एनभीए लिग भलिबल : महिलामा एपीएफ र पुरुषतर्फ आर्मीको जित

छैटौं संस्करणको एनभीए महिला तथा पुरुष भलिबल क्लब लिगमा शुक्रबार विभागीय टिम एपीएफले महिलातर्फ जित निकालेको छ।
 |  शुक्रबार, वैशाख २३, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख २३, २०७९

काठमाडौं- छैटौं संस्करणको एनभीए महिला तथा पुरुष भलिबल क्लब लिगमा शुक्रबार विभागीय टिम एपीएफले महिलातर्फ जित निकालेको छ।

National life

शुक्रबार बिहान त्रिपुरेश्वरस्थिति राखेपको कभर्डहलमा सम्पन्‍न भएको खेलमा एपीएपले न्यु डायमन्ड स्पोट्स क्लबलाई हराएर लिगमा ९ अंक जोडेको हो।

चौथो खेलबाट तेस्रो जित निकाल्दा ९ अंक जोड्ने क्रममा एपीएफले न्यु डायमन्डलाई ३-० को सोझो सेटमा हराएको हो। एपीएफले लिगमा शुक्रबार २५–१९, २५–१० र २५–९ को जित निकालेको हो।

यता न्यु डायमन्डले भने लिगका सबै खेलमा एक अंक मात्र जोड्न सफल भयो। शुक्रबार नै भएको अर्को खेलमा पुरुषतर्फको विभागीय क्लब त्रिभुवन आर्मीले पुलिस क्बलाई ३-१ को सेटमा हराएको छ। लिगको पाँचौ खेलमा आर्मीले पुलिसविरुद्ध जित निकाल्दै १५ अंकसमेत बटुलेको छ।

सबै खेलमा पुरा अंक बटुलेको आर्मी अहिले १५ अंकका साथ लिगको शीर्षस्थानमा रहेको छ। आर्मीले आज पुलिसलाई १७–२५, २५–२०, ३०–२८ र २५–२३ को जित निकालेको हो।

Laxmi sunrise bank
kumari

त्यस्तै आजकै अर्को खेलमा दोस्रो स्थानको टिप टप हेल्प नेपालले गल्कोट स्पोट्स क्लबमाथि २५–१५, २५–२३ र २५–२१ को जित निकालेको हो। यो जितसँगै हेल्प नेपालले १४ अंक बनाएको हो।

यता लिगमा पुलिसले पाँच खेलबाट ९ अंक जोडेको छ। गल्कोटको दुई तथा ढोरपाटनको एक अंक रहेको छ। प्रतियोगितामा पुरुषतर्फ ७ टिम सहभागी बनेका छन् भने महिलातर्फ पाँच क्लबको सहभागीता रहेको छ। यो लिगको विजेताले छ लाख पुरस्कार पाउने छ भने उपविजेताले तीन लाख पुरस्कार पाउने छ। त्यस्तै तेस्रो र चौथो हुनेले एक लाख ५० हजार  र ७५ हजार पुरस्कार पाउने छ।

अब शनिबार महिलातर्फ एक खेल हुनेछ भने पूरुषतर्फ तीन खेल हुनेछन्। महिलातर्फ ९ अंक जोडेको पुलिसले ६ अंक भएको आर्मीसँग प्रतिस्पर्धा गर्नेछ। त्यस्तै, पुरुषतर्फ गल्कोटले गण्डकीको सामना गर्नेछ भने पुलिस क्लबले एपीएफको सामना गर्नेछ। त्यस्तै, आर्मीले हेल्प नेपालसँग खेल्नेछ।


प्रकाशित: May 06, 2022| 18:41 शुक्रबार, वैशाख २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।