बुधबार, चैत ४, २०८२

जेठबाट स्वास्थ्य संस्थामा पनि दुई दिन बिदाको तयारी

मन्त्रालयका सचिव डा. रोशन पोखरेलले सरकारको निर्णयानुसार मन्त्रालयले पनि अस्पतालमा दुई दिन बिदा दिने जानकारी गराए।
 |  शुक्रबार, वैशाख २३, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख २३, २०७९

काठमाडौं- सरकारले आगामी जेठदेखि साताको दुई दिन शनिबार र आइतबार बिदा दिने निर्णय स्वास्थ्य संस्था (अस्पताल) मा लागू गर्ने तयारी गरेको छ।

National life

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारको निर्णयानुसार दुई दिन सार्वजनिक बिदाअनुसार नै स्वास्थ्य संस्था (अस्पताल) मा पनि बिदा दिने तयारी गरेको हो। मन्त्रालयका सचिव डा. रोशन पोखरेलले सरकारको निर्णयानुसार मन्त्रालयले पनि अस्पतालमा दुई दिन बिदा दिने जानकारी गराए।

'सरकारले गरेको निर्णयानुसार अस्पतालमा पनि दुई दिन बिदा हुन्छ,' उनले भने, 'तर पनि हामीले बिरामीको अवस्थालाई मध्यनजर गर्दै अन्य वैकल्पिक उपायबारे पनि छलफल गरिरहेका छौँ।'

अस्पतालमा दुई दिन बिदा दिँदा खुलेको दिन बिरामीको उपचार गराउन भीड हुने सम्भावना रहेको छ। सचिव डा. पोखरेलले आकस्मिक सेवालाई भने व्यवस्थित बनाइने बताए।

सरकारले जेठदेखि सरकारी कार्यालय बिहान ९:३० बजेदेखि बेलुका ५:३० बजेसम्म सञ्चालन निर्णय यसअघि नै गरिसकेको छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: May 06, 2022| 20:30 शुक्रबार, वैशाख २३, २०७९
प्रतिक्रिया दिनुहोस्